काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भाषमा डुबिसकेको आरोप लगाएका छन्। भारतमा उपचारपछि फर्किएका वरिष्ठ नेता झलनाथ खनाललाई स्वागत गर्न विमानस्थल पुगेका नेता नेपालले भने, ‘केपी ओली अध्यक्ष भएपछि पार्टीभित्र गुटबन्दी हावी हुँदै गयो। पार्टी दक्षिणपन्थी भाषमा भासिएको छ। ओली सुध्रिने अवस्था नभएपछि नयाँ ढंगबाट अगाडि बढ्यौँ। ओलीलाई सुधार्न धेरै प्रयास गरेका थियौँ। तर, सम्भव भएन।’ ओलीले कुर्सीको लागि लोकतन्त्र र संव