देश बनाउन एउटै सोच र उद्देश्य भएका व्यक्तिहरु एक हुनु पर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले केही गरेनन् अब स्वतन्त्रले गर्छ भनेर हल्ला चलाइदिने गरेको आरोप लगाएका छन् । एक ठाउँको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै ओलीले छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति प्रगति हुन नसक्ने बताए । ओलीले भने, ‘स्वतन्त्रहरुका सोच […]

सम्बन्धित सामग्री

आर्थिक मन्दी र सोच

सोचको शाब्दिक अर्थ मनमा उब्जने सामान्य विचार र उपायसँग मिले पनि यो एकदमै गहकिलो छ । झन्डै ५ वर्ष पहिले काठमाडौंमा भएको व्यावसायिक कार्यक्रममा एक विदेशी प्रशिक्षकले सयौं सहभागीलाई सोधेका थिए : संसारमा सबैभन्दा आत्मविश्वासी सोच भएको देश कुन हो ? हामी कसैले पनि नेपालको नाम लिएनौं, अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, जापान आदिका लियौं । उनका अनुसार अमेरिकी, यूरोपेली, चिनियाँ, जापानी, अस्ट्रेलियालीहरूले पनि यस्तै मिश्रित उत्तर दिन्छन् रे । फरक यत्ति हो, हामीले हाम्रो देशको नाम लिएनौं तर उनीहरूमध्ये केहीले आफ्नै देशको लिए । तर, उत्तर कोरिया एउटा यस्तो देश हो जहाँ सबै सहभागीहरूले आफ्नै देशको मात्र नाम लिए रे । संसारमा उँचो आत्मविश्वास भएको देशमा उत्तर कोरियालाई मान्दा आश्चर्य र हीनताबोध दुवै एकैचोटि लाग्यो । हामीमा हीनताबोध वा आत्मविश्वासको कमी हुनुको कारण हाम्रो शिक्षाप्रणाली र हाम्रा अग्रजहरूले हामीलाई सिकाएका कुराहरू नै हुन् । सानैदेखि हामीले नेपाल सानो, गरीब, अविकसित मुलुक हो भनेर सिक्यौं । अन्य देशसँग तुलना गर्ने आँट नै कहिल्यै गरेनौं । गरीबी, अशिक्षा, रोग, दु:ख आदि हाम्रो भाग्यमै छ भनेर नियति मान्यौं वा मान्न लगाइयो । सिंह जंगलको राजा भएको उसको आफ्नै सोचले हो । नत्र जंगलमा सिंहभन्दा बलियोमा हात्ती, बाठोमा स्याल, अग्लोमा जिराफलगायत कैयौं जनावर छन् । तर, कसरी सिंह जंगलमा राज गर्न सफल हुन्छ ? सिंहमा भएको सोचले उसले आफूलाई सबैभन्दा शक्तिशाली ठान्छ र जंगलको राजा बनाएको हुन्छ । संसारमा भएका सबै विकास सोचको उपज नै हो । वैज्ञानिकहरूले चन्द्रमा वा मंगल ग्रहमा पाइला टेक्नेदेखि तपाईं हामीले सामान्य दैनिकी चलाउनेसम्म यही सोचको उपज हो । सोचबाटै सबै कुराको शुरुआत तथा अन्त्य हुन्छ । एलन मस्क, मार्क जुकरवर्ग, ज्याक मादेखि नेपाली अर्बपति विनोद चौधरी सफल हुनुको कारण उनीहरूको व्यावसायिक सोच नै हो । संसारका सबै स्वास्थ्य मान्छेहरूको सोच खुशी हुनु नै हुन्छ । गहन अध्ययन गर्ने हो भने न धेरै सम्पत्ति न राम्रो स्वास्थ्यले मान्छेलाई खुशी बनाउँछ । मान्छे सबैभन्दा खुशी तब हुन्छ जब ऊ आफूमा जेजस्तो छ त्यसमै सन्तुष्ट हुन्छ । खुशी हुनु, दु:खी हुनु मान्छेको आआफ्नो सोचमा भर पर्छ ।  जीवन सरल छ, मात्र हामीले नजानेर यस्लाई साँचिकै गाह्रो बनाइदिन्छौं । यदि सोच नै सबै थोकको शुरुआत अनि अन्त्य हो भने, यदि सोच नै जीवनको सबै भन्दा खुशी हो भने, एक पैसा पनि नलाग्ने यस्तो सोच धनी, गरीब, रोगी, निरोगी, साना, ठूला, काला, गोरा हामी सबैले आफू खुशी भएको किन नसोच्ने ? जीवन जिउने कला नजान्दा हामी दु:खी छौं, निराश छौं । गीतामा भनेको जस्तो हामी रित्तै जान्छौं, मरी लानु केही छैन भनेर जान्दाजान्दै पनि तँ तँ र म म गर्छौं । राम्रो सोचे राम्रै हुन्छ, फूलको आँखामा फूलै संसार भने जस्तै फूल कि काँडा सोच्ने हाम्रो आफ्नै सोचमा भर पर्छ । खेलकै कुरा गर्दा क्रिकेटमा हामी भारत र पाकिस्तान, श्रीलंकाजस्ता विश्व क्रिकेटका च्याम्पियन भइसकेका शक्तिशाली टिमसँग राम्रै खेल्यौं । भर्खरै चीनमा भएको एशियन गेममा मंगोलियाविरुद्ध टी २० क्रिकेटमा सातओटा विश्व रेकर्ड नै बनायौं । अब विश्व च्याम्पियन हुने सोच बनाएर तयारी गरिरहने हो भने त्यो दिन धेरै टाढा हुने छैन । अहिले हाम्रो समाजमा आर्थिक मन्दीका बारेमा थाहा नभएको, नसोचेको मान्छे नै नहोला । आर्थिक मन्दी आउनुमा अन्य धेरै कारणका बारेमा हामी अत्यन्त जानकार छौं । धेरैले दिने दोष भनेको कोरोना, भूकम्प, रसिया र युक्रेनबीचको लडाइँ नै हो । अनि, अर्को एउटा चलन नै बनिसकेको छ : अस्थिर सरकार र व्याप्त भ्रष्टाचार । अहिले सहकारीमा आएको विकृति र समस्यालाई पनि औंल्याएको पाइन्छ । तर, हामी मध्ये कमैले महसूस गरेको सबैको सोचले नै मन्दी आउनुमा प्रमुख भूमिका खेलिरहेको कुरालाई नकार्न सकिँदैन । एक कान दुई कान मैदान भने जस्तै सबैले भनेकै कुराको पछि नलागेर आफ्नो बुद्धिविवेक प्रयोग गर्ने हामीमध्ये धेरैको बानी छैन । चौतर्फी अपार सम्भावना बोकेको मुलुकमा बसेर पनि मन्दीले यति साह्रो गाँज्नुमा तपाईं हाम्रो सोचले नै काम गरेको हो भन्न सकिन्छ । हरेक सूर्यास्तसँगै हजारौं नेपालीले आफ्नो राहदानीसँगै रंगीन सपना बोक्दै परदेशिनु परिरहेको छ । धेरै व्यवसायी आफू कसरी बाँच्ने भनेर रणनीति बनाइरहेका छन् । आजभोलि मान्छे निर्यात गर्ने व्यवसायी (शैक्षिक परामर्श र वैदेशिक रोजगार) बाहेक धेरैको मुहारमा खुशी भेट्न गाह्रो हुनुमा मन्दीकै असर परेको मान्न सकिन्छ ।  समाजकै मनोदशा बिग्रिएर भगवानै मान्ने डक्टरहरूलाई पनि दिनदिनै पिटिरहेको समाचार आइरहेका छन् । त्यसैले सोच बदलौं अनि अवस्था आफै बदलिन्छ । बैंकमा तरलता भएको अहिलेको अवस्थामा उद्यम गरौं, एकआपसमा आत्मविश्वास बढाऔं र यो मन्दीलाई सबै मिली परास्त गरौं । कृषि, पर्यटन र जलविद्युत्ले मात्रै पनि समृद्ध बनाउन सकिने देशमा सबैले सही सोच राखेर काम गर्ने हो भने हाम्रै पालामा संसारकै विकसित र समृद्ध देश नेपाल भनेर चिनाउन सकिन्छ । आजै सोचौं ।  लेखक नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष एवं मार्स एडभरटाइजिङ एन्ड रिसर्च प्रालिका प्रबन्ध निर्देशक हुन् ।

दिनभर काम गर्नेले पनि व्यायाम गर्नुपर्छ ?

चिकित्सा विज्ञानको एउटा मन्त्र छ, ‘रोग लागेर उपचार खोज्नुभन्दा निरोगी हुनु सर्वोत्तम हो ।’ निरोगी कसरी रहने त ? यसको जवाफ पनि पूर्खाहरुले खोजतलास गरिसकेका छन् । साथै आफ्नो जीवनमा अभ्यास गरेर त्यसको सफल नतिजा देखाइसकेका छन् । यसको तीनवटा सूत्र छन्- सही आहार, विहार र विचार । समुचित खानपान, दिनचर्या र सोच-चिन्तनले मान्छेलाई स्वस्थ […]

तीज व्रतमा छैन लिङ्ग विभेद,तर सोच किन यस्तो

–पूर्णप्रसाद मिश्र/ महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ । तर सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल […]

न्याय सुनिश्चित गर्न सकारात्मक सोच आवश्यक

प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतलाई सबै किसिमका दबाब, पूर्वाग्रह र विकृतिबाट मुक्त राख्दै स्वतन्त्र रूपमा न्याय सम्पादन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने बताउनुभएको छ। मुलुकमा ऐन, नियमको सङ्ख्या पर्याप्त भएर मात्र जनताले न्याय पाउने कुरा सुनिश्चित हुन सक्दैन भन्नुहुँदै उहाँले जनताले न्याय पाउन न्यायाधीश, वकिल, कानुन व्यवसायी सबैमा सकारात्मक सोच र उच्च नैतिकता हुनु आवश्यक रहेको बताउनुभयो।

सोच बदलौं

पेट्रोलियमको भाउ बढ्या बढ्यै छ । यो एक वर्षमा १९ पटक भाउ बढेछ । चतुर शासक तिनै हुँदा रहेछन्, जो जनतालाई आधारभूत कुराका लागि पनि तड्पाई राख्न सफल हुँदा रहेछन् । त्यसो गर्दा उनीहरूको भोटको आधारस्तम्भ बलियो हुँदो रहेछ । शहरका सडक खण्डहर जस्ता छन् भने त्यसमा यात्रा गर्नुलाई एड्भेञ्चर मानौं । जागीर पाइएको छैन भने सरकारले हाम्रो धैर्यको परीक्षा लिइरहेको ठानौं । न्यायालयमा न्याय पाउन रोकिएको छ भने क्रान्तिको शुरुआत भइरहेको सोचौं । अरू देशमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकोले पेट्रोलियमको भाउ बढ्छ । हाम्रो देशमा भने तेलमा नेता र कर्मचारीको कमाउने दाउका कारण भाउ बढ्छ । अरू देशमा बढेको भाउ घट्छ पनि । तर नेपालमा भाउ एकपटक उकालो लागेपछि ओर्लन मान्दै मान्दैन । पेट्रोलियमको भाउ बढेपछि यसले यातायातमा र त्यसको प्रभावले सबै क्षेत्रमा महँगी त बढाउने नै भयो । लोभको सीमा छैन । महँगीको बीमा छैन । फेरि यो हिजोआज मात्र थालिएको खेल होइन । यो दशकौंदेखि चलिरहेको झेल हो । त्यसैले यदि तपाईं हामीले यो परिस्थिति बदल्न सक्तैनौं भने आउनोस् मनस्थिति नै बदलौं, अर्थात् यै कुरालाई अर्को कोणबाट हेरौं । महँगी बढेन भने के हुन्छ ? महँगी बढेन भने त जुन कामका लागि सरकार बनाएको हो, त्यो पूरा हुँदैन नि त ! त्यसैले सरकारले महँगी बढायो भन्नुको मतलव सरकार विकासप्रति प्रतिबद्ध छ भन्ने हो । अर्थशास्त्रले मूल्यवृद्धि हुनुलाई अर्थतन्त्रको विस्तारको द्योतक मान्छ क्यारे ! त्यसैले त भनेको सरकार राष्ट्रहितमा लाग्या लाग्यै छ । त्यै भएर पेट्रोलियमको भाउ बढाको बढाई गर्छ । किनकि ऊ चाहन्छ, मानिसहरू पैदलै हिँडून् । तपाईंलाई थाहै छ पैदल हिँड्नुका फाइदाहरू । भनिन्छ पेट र पेट्रोलियम बढ्यो भने कि पैदल हिँड्नु, कि साइकल चलाउनु, दुवै फाइदाजनक हुन्छन् । यूरोपका मानिसले गाडी छाडेर साइकल चढ्न थालेका छन् । हामी पनि विकसित बन्न त्यसकै नक्कल गर्न परेन ? सरकारले आफ्नो मूल्य घटाएरै भए पनि थुप्रै कुराहरूको भाउ बढाइदिएको छ । उदाहरणका लागि, केही समयअघि मात्र सरकारले गाडीमा हाल्ने तेलको मात्र हैन, पेटमा हाल्ने तेल अर्थात् खाने तेलको पनि भाउ ह्वात्तै बढाउने अनुमति द्या थ्यो । यो मान्छेले तेल कम प्रयोग गरून् भनेरै हो । तेल कम खानुको फाइदा सबैलाई थाहै छ । अब जनता तेल धेरै खाएर कोलेस्टेरोल बढेका कारण हृदयाघातबाट मर्ने छैनन् । मानिसहरू सडक दुर्घटनाबाट र भोक र झोँकबाट मर्न सक्छन् । तर हृदयरोगका कारण चैं मर्नै पाउन्नन् । त्यसैले डार्बिनको सिद्धान्त लागू गरौं, अर्थात् यति बढ्दो महँगीमा जो टिक्न सक्छ, उही नै बाँच्छ भन्ने कुरा बुझौं । फेरि यो महँगी, बेरोजगारी भन्ने नै बेमतलवका कुरा हुन् । पढाइ लेखाइ टाइम पासका लागि गरिने कुरा हुन् । लकडाउनमा त्यत्रा शैक्षिक संस्था बन्द भए । त्यसले कसैलाई केही फरक पर्‍यो ? परेन नि । फरक परेको भए त देखिनुपर्ने हो । खाने तेलको मूल्य एकैचोटि १६० बाट २८० रुपैयाँ पुग्दा कोही बोल्दैनन् । विद्यार्थी संगठनहरू पनि शिक्षाको गुणस्तर, विद्यार्थीलाई के पढाउने वा रोजगारी कसरी बढाउने विषयमा बोल्दैनन् । तर पेट्रोलियममा २/४ रुपियाँ बढ्दा सडकमा टाएर बाल्छन् । के नमिलेको नमिलेको क्या ! त्यसैले, यो जागीर खाने, विदेश जाने, देशको विकास हुने वा नहुने यी सबै भाग्यका कुरा हुन् । भाग्यमा भए काम बन्छ, नभए बन्दैन । भाग्यमा भए जागीर पाइन्छ, नभए पाइँदैन । हुन पनि खाली हात आएको हो, खाली हात नै जाने पनि हो । जिन्दगीको मजा त त्यहाँ छ, जहाँ बाँचिन्छ पनि खाली हात नै, हामी प्रायः नेपालीले खाली हात बाँचेजसरी । यस्ता कुरा विदेशीहरूलाई के था ? विदेशीहरूले यस्ता कुरा बुझ्दै बुझ्दैनन् । त्यसैले उनीहरूको देशमा र हाम्रोमा धेरै कुरा उल्टोपाल्टो जस्तो लाग्छ । उनीहरू स्वास्थ्य र शिक्षालाई समृद्धिको मूल आधार मानेर काम गर्छन् । हाम्रो ठीक उल्टो । किनकि, उनीहरूकोमा शिक्षा र स्वास्थ्य सेवा हो, हाम्रोमा व्यापार । हाम्रोमा चैं यस्तो किन त भनेर नसोध्नुहोला । किनकि तपैंलाई थाहै छ हाम्रो यहाँका मान्छेका सोच नै फरक, नीति र राजनीति नै फरक । नेताहरू आफूलाई भगवान् र जनतालाई भक्त सम्झेर व्यवहार गर्छन् । राजनीति र डकैतीमा केवल चुनावी आवरण मात्र बाँकी रहेको छ । त्यसो त समाजमा पनि मन्त्री र सांसदभन्दा त डाँकाहरूकै इज्जत बढी होला । केवल एउटा कुरा फरक परेका कारण मात्र डाँकाहरू अलि पछि छन् कि भन्ने देखिएको हो । त्यो के भने डाँकासँग सांसदको लोगो र संसद् भवन छिर्ने पास हुँदैन । त्यसका लागि चुनाव त लड्नैपर्छ । त्यत्ति हो । त्यसैले आउनोस्, सोच बदलौं । सरकारले जे जे भन्छ, त्यसैमा विश्वास गरेर चलौं । सरकारी निकायहरूको काममा पनि विश्वास गरौं । उनीहरूले दिने तथ्यांकलाई मिथ्यांक नठानौं । शहरका सडक खण्डहर जस्ता छन् भने त्यसमा यात्रा गर्नुलाई एड्भेञ्चर मानौं । जागीर पाइएको छैन भने सरकारले हाम्रो धैर्यको परीक्षा लिइरहेको ठानौं । न्यायालयमा न्याय पाउन रोकिएको छ भने क्रान्तिको शुरुआत भइरहेको सोचौं । सवारी लाइसेन्स वर्षौं बित्दा पनि पाइएको छैन भने सरकार सडक दुर्घटना कम गराउन लागिपरेको छ भनेर बुझौं । सरकारले विकासका लागि खर्च गरेन नभनौं, पैसा बचत गरेको छ भनौं । सरकारले ढिलासुस्ती गर्‍यो नभनौं, जनतालाई हतार नगर्न सिकाएको हो भनौं । धारामा खानेपानी आइरहेको छैन भने विकल्पमा फेरि ट्यांकर वा जारको पानी नै रोजौं । शैक्षिक संस्थामा पढाइ भइरहेको छैन भने युट्युब हेरेरै डिग्री हासिल गरौं । स्वास्थ्य बिग्रियो, अस्पताल जान पैसा छैन भने झारपात, बेसारपानी खाएर वा धामीकहाँ धाएर रोक निको पारौं । यसरी सोच्न थाले जीवन जीउन अलि सजिलो होला कि त ? फूलको आँखामा फूलै संसार भन्छन् नि, त्यस्तै । फेरि गीतामा भनेजस्तै, कर्ममा मात्र हाम्रो अधिकार छ, फलमा छैन क्यारे ! अनि यो महँगी घट्नु वा बढ्नु, काम हुनु वा नहुनुमा पनि हाम्रो हात छैन । त्यसैले बरु गीता बारम्बार पढौं र ज्ञानी भएर बसौं है !

सही दृष्टिकोण,सकारात्मक सोच र खुसी हुने कला

सुख र दुःख जीवनका दुई पाटा हुन् । दुःखी हुनु भन्दा सुखी भएर बाच्नु कहाँ हो कहाँ राम्रो हो तर आफ्नो सुखको महलमा कसैको दुःख, पिडा, वेदना र रोदनको जग नहोस् । यत्ति कुरामा सचेत भईयो भने कसैप्रति कुनै प्रकारको हिंसा हुने छैन।कसैलाई थिचोमिचो नगरी,कसैलाई नदबाई,कसैको अवसर नखोसी,कसैलाई नखसाली आफूलाई माथि उठाउनु सकारात्मक सोचको परिणाम […]

छोराछोरी तह लगाउन कि बिहे कि विदेश?

परिवर्तन हुनु र सुध्रिनुमा धेरै अन्तर छ। त्यसैले पनि यही कुरालाई मात्र आधार बनाएर विदेश गएपछि नेपालमा बदमासी गर्दै हिड्ने, गुण्डागर्दी गर्ने, हत्याहिँसा गर्ने, चोर डकौटी गर्ने, रेप गर्ने, कुलतमा फस्ने जति सबै सज्जन हुन्छन् , उनीहरु जाती हुन्छन्, उनीहरु व्यवहारिक हुन्छन् भनेर सोच राख्दै विदेश पठाउन जोड दिनु त्यति उपयुक्त होइन।

आजको आवश्यकता: सकारात्मक सोच, सात्विक भोजन, योग व्यायाम र बलियो आत्मबल

स्वस्थ रहन खुसी हुनु अत्यन्तै आवश्यक छ। भनिन्छ नि खुसी मान्छे नै स्वस्थ र सुखी हुन्छ। खुसी भएर बाँच्न हाम्रो शरीरमा भएका हर्मोनलाई सक्रिय राख्नुपर्छ।  हामीले भोगेका भोगाइ र सिकेका पाठलाई मध्यनजर गर्दै आत्मबललाई बलियो बनाउने र सकारात्मक ऊर्जा लिई आशावादी बन्नुपर्छ।

विकास यस्तो होस् कि सोच नै फेरियोस्

मानिसले यो धर्तीमा स्मृतिका लागि छोडेर जाने महान् कार्य नै विकास हो । विकासले भोलिका दिनमा मानव वर्गमा चमत्कार गर्न सक्नुपर्छ । जसले परिवर्तनको बाटोमा ल्याउन सक्छ त्यो नै हो विकास । विकास एक क्षेत्रको मात्र नाम होइन पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई राम्रोसँग गहिरिएर हेरियो भने यी भित्र विकासका लगभग सबै पक्ष समावेश हुन्छन् । तर, यी सबै विकासलाई सूक्ष्म तहमा गएर हेर्नुको साथै नितान्त परिवर्तित रूपमा परिमार्जन गर्दै जानुपर्छ । कर्मकाण्डी विकास र विस्मयकारी विकासको बीचमा भेद छ । पूर्वाधारले आर्थिक विकासका लागि बाटोहरू खोल्छ, सडक पुल विद्युत्, सञ्चार, बीमा बैंक यातायात, कच्चा पदार्थको सहजता हुन्छ । मानिसहरू त्यसैअनुरूप उत्पादन विक्रीवितरणका प्रयास गर्छन् । सामान्य सडक बन्नु एउटा कुरा हो तर नागढुंगाबाट सुरुङ बनाएर खानीखोलामा काठमाडाैंको बाइप्रडक्टका रूपमा नयाँ शहर बन्नु अर्को कुरा हो । यस्तै परिकल्पना फूलचोकीदेखि पनौतीको कलाती जोड्ने सडकमा टनेल बनाएर अर्को फरक प्रकारको माहोल बनाउन सकिन्छ । आर्थिक विकासले देशलाई सन्तुलित रूपमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, जीवनस्तर आदिमा सुधार गर्दै भविष्यप्रति आशा सृजना गर्दै लैजान्छ । अहिले लुभुबाट लामाटार हुँदै सयाैं रूखहरू ढालेर लाकुरी भञ्ज्याङ कुशादेवी हुँदै पनौती २० किलोमीटर सडक खनिँदै छ । यो बाटो सट्टामा लगभग ७ किलोमीटरको सुरुङ बनाएर गोदावरीबाट एकैचोटि पनौती वाड नं १२ को कलाँती भन्ने ठाउँमा निकाल्ने हो भने सडक १३ मिलोमीटर छोटो हुन्छ । यसबाट भीरबाटोमा वर्षेनि हुने सडक दुघर्टना कम भई अर्बौं बच्छ । काठमाडाैं र पनौती नजिक भगिनी शहर बन्नेछन् । यही टनेलबाट विभिन्न खोलाको पानी ल्याएर सानागाउँ, इमाडोल ग्वार्कोसम्मको खानेपानी समस्यालाई समाधान गर्न सकिने अवस्था छ । वन मासेर पर्यावरण बिगारेर २० किलोमीटर बाटो बनाउनभन्दा ७ किलोमीटरको सुरुङ बनाउनु दीर्घकालमा बढी लाभदायक हुनेछ । पूर्वाधारको मात्र विकासले समग्र मानव विकास हुँदैन । पूर्वाधारको साथसाथै मानिसको सोचमा, उसको खुशी रहने प्रवृत्तिमा पनि आनुपातिक रूपमा विकास हुनुपर्छ । त्यसको मूल आधार एकातर्फ उत्पादनमा तीव्रता र विस्तारित बजारको परिवेशले मात्र आम जनतालाई वास्तविक विकासको चरण पुर्‍याउँछ । राष्ट्रिय उत्पादनको माध्यमबाट आम जनताको आयस्तरमा निरन्तर सुधार गर्दै रोजगारीका असीमित अवसर सृजना गर्नु आर्थिक विकास हो । आर्थिक विकासले देशलाई सन्तुलित रूपमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, जीवनस्तर आदिमा सुधार गर्दै भविष्यप्रति आशा सृजना गर्दै लैजान्छ । झीनो भए पनि मेलाम्चीको पानी जसरी राजधानीमा वितरण गरियो यसले आम जनतामा केही न केही खुशीको लहर ल्याएको छ । यस्तै सम्भावित आवश्यकता परिपूर्ति गर्दै लगेर पनि विकासको फल जनतासम्म पुर्‍याउन सकिन्छ । सरकारबाट जनताको घरमा विकास पुर्‍याउन अनेक प्रयास भएका छन् जस्तै बच्चाहरूलाई स्कूल जान १ किलो मीटरभन्दा बढी हिँड्न नपरोस् भनेर गाउँगाउँमा विद्यालय खोलिएका छन् । स्वास्थ्यका लागि प्रत्येक वडाहरूमा हेल्थ चौकी हेल्थ पोस्ट पुर्‍याइएको छ । कृषिका लागि १ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदरमा ऋण उपलब्ध गराउने काम भएको छ । स्वास्थ्य बीमाको माध्यमबाट जनस्वास्थ्यलाई सहजता दिइएको छ । स्कूलका बच्चाहरू विद्यालयबाट बाहिर नरहुन् भनेर दिउँसोको खाजा दिइएको छ । तैपनि सम्पूर्ण नेपालको विकासमा यो अपुरो छ वा सरकार तर्फबाट पर्याप्त खर्च हुँदाहुँदै पनि आम जनता त्यसबाट पूर्ण लाभान्वित हुन नपाउनका कारण खोज्न जरुरी छ । सरकारी विद्यालयमा लाखौं शिक्षकलाई तलब ख्वाइँदै गर्दा लाखाैं जनताका छोरीछोरी निजी विद्यालयमा किन धाइरहेका छन् । किन देशभरका सबै विद्यालय बुटबलको कालिका मानव विद्यालयजस्तो बनाउन सकिएको छैन । केही सरकारी विद्यालय ज्यादै राम्रो स्तरमा हुनु र अन्य विद्यालय त्यत्तिकै प्रतिस्पर्धी नहुनुको कारण के हो यसलाई गहिराइबाट खोजेर अपवादबाहेक ९५ प्रतिशत विद्यार्थीलाई सरकारी विद्यालयमा प्रवेश गराउने प्रयास गर्न जरुरी छ । अनेक तालीमप्राप्त सरकारी शिक्षकहरू माखा धपाएर बसी रहँदा निजीमा विद्यार्थी मारामार हुनु केवल अभिभावकको धनको घमण्ड हो । निजीक्षेत्रलाई विरोध गरेको होइन, तर शिक्षा र स्वास्थ्यमा निजीक्षेत्रको प्रवेश पक्कै पनि सुखद विषय होइन । निजीक्षेत्रले उत्पादन गर्ने र व्यापार गर्ने गुणस्तर सुधार गर्ने प्रतिस्पर्धा गर्नेजस्ता कार्यहरू गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, न्याय, खानेपानीजस्ता क्षेत्रमा निजीक्षेत्रलाई निरुत्साहित गर्ने नीति राज्यले अवलम्बन गर्नुपर्छ । जसरी अदालत र प्रहरी चौकी निजीक्षेत्रलाई दिन सकिँदैन त्यसैगरी शिक्षा र स्वास्थ्यका बारेमा पनि सोच्न जरुरी छ । त्रिभुवन विश्व विद्यालयका विभिन्न आंगिक क्याम्पसमा केही राम्रा विषय धेरै पैसा लिएर पढाइन्छ । सरकारी भवन, भाडा नतिरेर पनि लगभग निजीकै जति रकम लिएर बीबीए, बीबीएम, एबीए, बीएससी सीएसआईटी, बीसीएलगायत यस्तै केही विषय पढाइ भइरहेको छ । त्यस्तो ठाउँमा पढाउने शिक्षकले त्रिविविका स्थायी अध्यापकले जति तलब पाउँदैनन्, उनीहरूलाई स्थायी हुने अवसर पनि हुँदैन तर आम विद्यार्थीबाट लगभग निजीकै हाराहारीमा रकम उठाइन्छ । अब त्यसरी सरकारी जमीन र भवनमा निजी प्रकारका निकाय सञ्चालन हुनु ठीक हो होइन, त्यो तरीकाबाट उठाइएको रकम कहाँ खर्च हुन्छ, त्यसको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुन्छ कि अन्यत्रबाट हुन्छ । स्वास्थ्यको क्षेत्रमा पनि व्यापक निजीकरणको प्रभाव परेको छ, प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट जस्तो अति गम्भीर कार्य सम्पादन गर्न सक्षम सरकारी स्वास्थ्य निकायलाई बेवास्ता गरेर केही नेता वा धनीमानी मानिस देशका केही नाम चलेका निजी अस्पतालमा किन धाइरहेका छन् वा धाउन बाध्य छन् यसका बारेमा पनि खोजी गरेर व्यापक सुधार गर्न सकिन्छ । यसले पनि मानव विकासमा ठूलो परिवर्तन ल्याउन सक्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

आलोचनात्मक चेतको खोजी

हाम्रो आलोचनात्मक चेत गाली गर्नेमा गिरेको छ । नकारात्मक हुनु नै आलोचनात्मक चेत हुनु हो भन्ने सोच समाजमा भाइरल