भोजपुर : प्रदेश १ सरकारले छलफलका लागि सबै ढोका बन्द गरेकाले प्रदेशको नामकरण हुन नसकेको पूर्व मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले बताएका छन्।एमाले नामको विषय चाँडो टुङ्गो लगाउने पक्षमा रहे पनि वर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राईले दलहरूसँग छलफलका लागि चासो नदिएको राईको भनाइ छ।मंगलबार प्रेस चौतारी नेपाल भोजपुरले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत हालका मुख्यमन्त्रीले आफ्नो हठ गर्दा नाम राख्ने विषय पेचिलो बन्दै गएको बताए। मुख्यमन्त्री राईले आफूले चाहेको बाहेक अरू कुनै पनि प्रस्तावित न