विराटनगर : गत कात्तिक १६ मा प्रदेश १ को तेस्रो मुख्यमन्त्री बनेर सपथग्रहण गर्दै गर्दा राजेन्द्र राईले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनेका थिए, ‘प्रदेशको नामकरण मेरो पहिलो प्राथमिकता हो।’त्यसअघिका दुई मुख्यमन्त्री शेरधन राई र भीम आचार्य दुवै जनाको प्राथमिकतामा प्रदेशको नाम टुंगो लगाउने विषय परेको थियो।तर, अहिलेसम्म कुनै पनि मुख्यमन्त्रीको भनाइ काममा परिणत भएन, भनाइमा नै सीमित रहे। अर्थात् प्रदेश १ को 'न्वारान' अझै हुन पाउन सकेको छैन। माघ