आर्थिक वर्ष ०७८/७९ को विकास खर्च अस्वाभाविक न्यून देखिएको छ । कोभिड महामारी र विनाशकारी भूकम्पजस्ता संकटका बेला देखिएको खर्चको खराब स्थिति यसपटक सामान्य अवस्थामा समेत दोहोरिएको छ । राजनीतिक खिचातानी, सत्ता दाउपेच र सरकारको प्राथमिकतामा विकासका एजेन्डा नपर्दाको असर बजेट खर्चमा देखिएको हो ।