काठमाडौं–६ प्रदेश (१)मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छिन्।गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्। यस्तै नेकपा (एमाले)का उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार  जगतसागर महर्जनले तीन हजार सात सय ९८ मत प्र

सम्बन्धित सामग्री

बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ ५ महिला विजयी, कूल ६६ मध्ये ६१ सिटमा पुरुष

काठमाडौं- बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ पाँच जना महिला सांसद निर्वाचित भएका छन् । कूल ६६ सिट रहेको यस प्रदेशमा ६१ सिटमा भने पुरुष सांसदकै वर्चश्व छ । बागमती प्रदेशमा १५ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसबाट २ जना महिला निर्वाचित भएका छन् । काठमाडौंबाट हरिप्रभा खड्गी र सिन्धुपाल्चोकबाट मसिना खड्का निर्वाचित भएक...

काठमाडौँ–६ प्रदेश (१) मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छिन्।...

काठमाडौं ६(१) मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश सभातर्फ १ मा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छिन्। नेकपा (एमाले) का निरेशलाल सिंह महर्जनलाई पराजित गर्दै खड्गी विजयी भएकी हुन्। उनी काठमाडौं महानगरको निवर्तमान उपप्रमुख पनि हुन्।  खड्गीले ४ हजार ३५६ मत पाएकी छिन्। यस्तै, महर्जनले ३ हजार ९३६ मत पाएका छन्। प्रतिनिधि…

हरिप्रभा खड्गी काठमाडौं ६ (क) बाट उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ हरिप्रभा खड्गी काठमाडौं क्षेत्र नम्बर ६ 'क'बाट उम्मेदवार बनेकी छिन्। काठमाडौं महानगरपालिकाकी पूर्व उपप्रमुख खड्गीले वाग्मती प्रदेश सभा सदस्यका लागि आज मनोनयन दर्ता गराएकी हुन्। खड्गीले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न प्रयास गरेकी थिइन्। तर, उनले प्रदेशसभामा टिकट पाएकी हुन्। काठमाडौं क्षेत्र ६ बाट प्रतिनिधिसभामा कांग्रेसका…

काँग्रेसबाट काठमाडौं महानगर मेयरको उम्मेदवारमा सिफारिस ५ जना को कस्ता ?

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको काठमाडौं महानगरपालिका समितिको बिहीबार बसेको बैठकले बागमती प्रदेश सभापति इन्द्र बानियाँसमक्ष पाँच जनाको नाम सिफारिस गरेको हो । बैठकले यसबारे पार्टी सभापति शेरबहादुर देउवा र काँग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई बोधार्थ पठाएको छ ।जसमा निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको छ । काँग्रेसले मेयरमा सिफारिस गरेका पाँच जनाको राजनीति पृष्ठभूमि चर्

काठमाडौँको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौँ महानगर समितिले मेयरको उम्मेदवारका लागि सिर्जना सिंहसहित ५ जनाको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको छ । नगर समितिको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । शाक्य नगर समितिका सभापति एवं काठमाडौं वडा नम्बर […]

नगर साझेदारी कार्यक्रम : दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास

फागुन ३, काठमाडौं। काठमाडौंको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास गरिएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेशद्वारको मंगलवार मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले संयुक्त रुपमा शिलान्यास गरेका छन् । सोहि अवसरमा महानगरकी उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठ र दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) समेत सहभागी थिए।  दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न ६ ओटा क्षेत्रमा काम हुँदैछ । नगर- नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरबाट प्राप्त अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो । यो वर्ष सञ्चालन हुने परियोजनाको लागत १ करोड २४ लाख रुपैयाँ रहेको छ ।  खुल्ला प्रतिस्पर्धाबाट ठेक्केदारले ८६ लाख ३३ हजार रुपैयाँमा निर्माण कबोल गरेको छ ।  शिलान्यासपछि बोल्दै शाक्यले जनताले उपभोग गर्ने वा जनताले लाभ पाउने कुरामा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने बताए । ‘काठमाडौं उपत्यकाका समस्याहरु एउटै छन् । एउटा ठाउँलाई छोडेर अर्को ठाउँ मात्र विकास गर्छौँ, भनेर काम गर्दा खण्डीकृत हुन्छ । हामी उपत्यकाको एकीकृत विकास गर्न चाहन्छौँ । यसका लागि नगरहरुका विचमा सहकार्य आवश्यक थियो । त्यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरले नेतृत्व गरिरहेको छ’, मेयर शाक्यले भने, ‘हामीले काठमाडौंका सवै पालिकासँग सहकार्य गरेपछि भक्तपुरका २ ओटा नगरसँग साझेदारी सहयोग गर्‍यौ । यसै गरेर एक प्रदेश एक भगिनी सहरको नीति लियौँ । विभिन्न ५ ओटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको छ । ती नगरलाई पनि पार्क निर्माण गर्न अनुदान सहयोग गरेका छौँ । पहिले लिएका नीति र कार्यक्रमलाई असर नहुने गरी थप सहयोग गर्न तयार छौँ ।’ दक्षिणकाली नगरका मेयर बस्नेतले काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको उल्लेख गरे । ‘काठमाडौँका जनतालाई आवश्यक पर्ने उत्पादन तथा सामग्री हाम्रो नगरमा छन् । हामी पनि महानगरका जनताको समस्या समाधानमा सघाउन चाहन्छौँ,’ उनले भने। सबै नगरहरुको समृद्धिलाई साथमा लिएर काठमाडौँ महानगरपालिका अगाडि बढेको बताउँदै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सहरी विकासका सानातिना समस्या समाधान गर्ने हो भने ठूला र जटिल ठाउँमा पुग्नै नपर्ने धारणा राखिन । ‘महानगर एक्लै समृद्ध भएर हुँदैन । यो अनुभूति गरेर हामीले साझेदारी कार्यक्रमलाई बढाएका हौँ । महानगरमा पार्क बनाउने जग्गा छैन छिमेकी नगरमा जग्गा छ । अब महानगरका जनता छिमेकी नगरमा घुम्न जाने संस्कार बनाउन चाहन्छौँ ।’ दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) ले साझेदारी कार्यक्रमलाई नजिकबाट अनुभव गर्न पाएको बताईन । ‘काठमाडौं महानगरले साना नगरहरुलाई उदार मनले विकासमा अगाडि बढायो । दक्षिणकाली मन्दिर पूर्वाधार विकासमा सहयोग गर्‍यो । यसबाट देखाउन सकिने काम गर्न पाइएको छ ।’ नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम शूरू भएको छ ।