काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारमा अवस्थित स्थानीय व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबार सुरु गरेको छ ।
नगदरहित कारोबारलाई प्रवर्द्धन तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यसहित सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल र राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङलाई विस्तार गर्ने योजना रहेको बताए ।
बैंकको पूर्वी क्षेत्रका प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले सञ्चालन गरेको कार्यक्रमा बैंकको प्रदेश १ का प्रदेश प्रमुख दीपेन्द्रप्रसाद वाग्ले र दायित्व तथा बाह्य मामिला विभाग उप–प्रमुख प्रतिमा पाण्डेले स्थानीय व्यवसायीलाई क्युआर कोड र डिजिटल बैंकिङबारे जानकारी दिएका थिए । उक्त क्यूआर कोड सेवा सञ्चालनपछि ग्राहक आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम सीधै बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।