काठमाण्डाै – सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋणसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
हिजो साेमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज मङ्गलवार सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वार्ता टोली गठन गर्ने जानकारी गराउनुभएको हो । यस्तै विश्व बैंकबाटै प्राप्त हुने ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई पनि अन्तिम...