एनएमबि बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच समझदारीपत्रमा हस्ताक्षर

एनएमबि बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत …

सम्बन्धित सामग्री

एनएमबि बैंक–रेमिट हाइड्रो परियोजना लगानी समझदारी

काठमाडौं (अस) । एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्साखोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश घुन्साखोला जलविद्युत् आयोजना रेमिट हाइड्रोद्वारा प्रवद्र्घित कम्पनी हो । आयोजनामा रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी  तथा रेमिट्यान्सकर्ताको लगानी रहनेछ । एनएमबि बैंकले समझदारीपत्रमा हस्ताक्षरपछि अन्य बैंक तथा वित्तीय संस्थालाई सामेल गराई सह–वित्तीयकरण गठन गरी आयोजनाको वित्तीय व्यवस्थापन गरिनेछ । घुन्साखोला जलविद्युत् आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहेको छ । एनएमबि बैंकले हालसम्म ४६ जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ । बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिएको बताएको छ । हाल बैंकले २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबि बैंक र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच समझादारी

काठमाडौं । एनएमबि बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच समझदारी भएको छ ।संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख बुद्धि कुमार मल्ल र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष कृष्णचन्द्र पौडेलले हस्ताक

एनएमबि बैंक र जडिबुटी व्यवसायी संघ नेपालबीच समझदारी

एनएमबि बैंक लिमिटेड र जडिबुटी व्यवसायी संघ नेपालबीच संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।