चैत २९, काठमाडौं । एनएमबि बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी तथा मोदी जलविद्युत् कम्पनी बीच ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत् आयोजनामा लगानी गर्न समझदारी सम्बन्धीपत्रमा हस्ताक्षर भएको छ ।
कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा अवस्थित माथिल्लो मोदी ए जलविद्युत् आयोजनामा एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानीगर्न समझदारी भएको हो ।
मोदी जलविद्युत् कम्पनीको मुख्य लगानीकर्तामा भने नेपाल विद्युत् प्राधिकरण रहने छ । माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको कुल लागत ९ अर्ब ८ करोड रुपैयाँ रहने सो अवसरमा जानकारी दिइएको छ ।