आज नेपालको अर्थतन्त्र माथिको शङ्काले लङ्का जलाएको अवस्था छ । के हामी पनि श्रीलङ्का बन्ने मार्गमा अग्रसर छौँ ? श्रीलङ्काको आर्थिक सङ्कट रातारात आएको हैन । त्यस्तै रुस, म्यानमार, अफगानिस्तान, पाकिस्तान जस्ता देशहरूको आर्थिक–राजनैतिक सङ्कट कसरी गहिरियो त ? यसमा मुख्य कारण हो लोकतन्त्रको क्षयीकरण । यी सबै देशको शासकीय प्रणालीलाई राजनैतिक स्थिरता र आर्थिक प्रगतिका साथै मानवीय विकास सूचकाङ्कमा अग्रणी स्थानमा रहेका नर्डिक (फिनल्यान्ड, नर्वे) या न्युजिल्यान्ड जस्ता देशहरूसँग तुलना गर्दा समृद्धिका