सामलिङ्ग पावर  कम्पनीको आईपीओ बाँडफाँट

असोज २०, काठमाडौं । सामलिङ्ग  पावर  कम्पनी लिमिटेडको  आईपीओ बाँडफाँट भएको छ । कम्पनीले आयोजना  प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि छुट्याइएको साधारण शेयरको  बुधवार बाँडफाँट गरेको हो । विक्री प्रबन्धक नेपालएसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु  त्था आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि निष्कासन गरेको साधारण शेयर बुधबार बाँडफाँट गरिएको छ । कम्पनीले गत भदौ १८ गतेदेखि  असोज १ गतेसम्म स्थानीयको लागि आईपीओ विक्री गरेको थियो । आयोजना अतिप्रभावित क्षेत्रकाका लागि ३ हजार २५५ जना योग्य आवेदनहरु परेको थियो । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् । आयोजना प्रभावित समूहकालागि छुट्याइएको शेयरका लागि १७ हजार ७८९ योग्य आवेदनहरु परेको थियो । ती आवेदकले भने न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन् ।  कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । पहिलो चरणको साधारण शेयर बाँडफाँट गरेसँगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि आईपीअओ निष्कासन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ । कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत् आयोजनाबाट ९ दशमलव ५१ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी  गत असोज १ गत  देखि व्यापारिक उत्पादन शुरु गरी सकेको छ ।

सम्बन्धित सामग्री

शेयर अभौतिकीकरण गर्न सामलिङ्ग पावर कम्पनीको अनुरोध

मंसिर १३, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गरिसकेकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  कम्पनीले सोमवार सूचना जारी गर्दै संस्थापक शेयरधनी र आयोजना प्रभावित स्थानियमा यो अनुरोध गरेको हो । संस्थापकतर्फ र आयोजना प्रभावित स्थानियतर्फको स्वामित्वमा रहेको शेयरसमेत धितोपत्र दोस्रो बजारमा सूचीकृत भैसकेको छ । सर्वसाधारणतर्फको शेयर कारोबार योग्य भएपनि संस्थापक तर्फ र आयोजना प्रभावित स्थानियतर्फको शेयर भने २०८१ साल कात्तिक १५ गतेदेखि मात्र कारोबार योग्य हुनेछ ।  धितोपत्र बजार पूर्ण अनलाईन कारोबार प्रणालीमा गैसकेको अवस्थामा कम्पनीले संस्थापक र आयोजना प्रभावित स्थानियलाई पनि अभौतिक रुपमा शेयर धारण गर्न अनुरोध गरेको हो ।  यसका लागि संस्थापक शेयरधनीहरुले आफ्नो सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क राखी लकइन पिरियड सहितको डिआरएन मार्फत सहज तरिकाले शेयर अभौतिकीकरण गराउन कम्पनीले भनेको हो ।  त्यस्तै आयोजना प्रभावित स्थानियले भने कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सम्पर्क राखी आफुलाई बाँडफाँट भएको शेयर कित्ताको जानकारी पश्चात सम्बन्धीत निक्षेप सदस्यकोमा लकइन पिरियड सहितको डिआरएन मार्फत शेयर अभौतिकीकरण गराउन कम्पनीले भनेको छ । कात्तिक १६ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले मंसिर २४ गते धितोपत्र दोस्रो बजारमा ५० लाख कित्ता शेयर सूचीकृत गराएको थियो । कम्पनीमा संस्थापकतर्फ ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ भने सर्वसाधारणमा आयोजना प्रभावित स्थानियसहित २४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । संस्थापकतर्फ ३७ लाख ७० हजार कित्ता लगानी रहेको कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता र दोस्रो चरणमा सर्वसाधारणमा रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर जारी गरेको हो ।  उक्त कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन शुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।

दोस्रो बजारमा सामलिङ्ग पावरको आईपीओले कति पाउला मूल्य रेञ्ज ?

कात्तिक १९, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९८ दशमलव ७७ देखि रू. २९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।  तिहार अघि अर्थात् गत कात्तिक १६ गते कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।दोस्रो बजारमा सूचीकृत भएपश्चात नयाँ कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने व्यवस्था छ ।  आर्थिक वर्ष २०७६/ ७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष २०७७/ ७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीमा हाल कुल जारी पूँजीको संस्थापकतर्फ ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।  कम्पनीको जारी पूँजी भने रू. ५० करोड रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गरेको हो । यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा पनि शेयर जारी गरिसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।  आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गरेको हो । कम्पनीले सर्वसाधारणमा भने रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर जारी गरेको हो । सर्वसाधारणतर्फको कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरी बाँडफाँट गरेको हो ।   कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन शुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ मंगलवार बाँडफााट भएको छ। शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट भएको हो।

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, अधिकतम ९७ प्रतिशतको हात खाली

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ मंगलबार बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार सामलिङ्ग पावरको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ। योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आईपीओ

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट मंगलबार

१४ कात्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट मंगलबार हुने भएको छ । कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ । कम्पनीले ७ करोड ३० लाख […]