बादललाई सूर्य, देवकोटालाई कलम र कृष्णलाई मादल चुनाव चिह्न

काठमाडौं। जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरूको चुनाव चिह्न टुंगो लागेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव समूहबाट उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न पाएका छन्। नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्ण तामाङलाई मादल चिह्न र एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई सूर्य चिह्न दिइएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सम्बन्धित सामग्री

कलम चिह्नबाट माओवादी उम्मेदवारको जित

उम्मेदवार माओवादीको, चुनाव चिह्न समाजवादीको! पार्टी राजनीतिमा कहिलेकाँही नेताहरुले यस्तै नियती भोग्नुपर्ने रहेछ। चौतारा साँगाचोकगढी नगरपालिका–१ को वडाध्यक्षमा एकीकृत समाजवादीको कलम चिह्न लिएर चुनावी मैदानमा उत्रिएका माओवादी उम्मेदवार युवलाल श्रेष्ठ निर्वा...

एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लाग्न थालेको छ : अध्यक्ष नेपाल

काठमाडौँ, १५ माघ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लाग्न थालेको बताएका छन् । आज (शनिबार) एकीकृत समाजवादी निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेप्रति यस्तो टिप्पणी गरेका हुन् । सम्बोधनमा अध्यक्ष नेपालले आगामी दिनमा आफूहरुको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर […]

सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलमः माधव नेपाल

दाङ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्नमा ग्रहण लागेको भन्दै असली चुनाव चिह्न कलम भएको र यसैले वर्गीय मुक्ति गर्ने दाबी गरेका छन्। दाङको पाखापानीमा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलम हो’, उनले […]

कलम चुनाव चिह्नले सूर्यलाई चुनौती दिन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कलम चुनाव चिह्नले एमालेको सूर्य चुनाव चिह्नलाई चुनौती दिने बताएका छन्। एमाले नेतामा कलम चुनाव चिह्न देखेपछि पसिना आएको उनले बताए। नेकपा (एस)...

नेकपा (एस) को चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको छ । निर्वाचन आयोगले बुधबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ । आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो […]

एकीकृत समाजवादीको चुनाव चिह्न कलम

काठमाडौं : नेकपा एकीकृत समाजवादीले कलम चुनाव चिन्ह पाएको छ। कलम चुनाव चिह्न लिनका लागि लागि नेकपा एकीकृत पार्टीसँग समाजवादीले एकता गरेको थियो। जीवन राईको पार्टी नेकपा एकीकृतको चुनाव चिन्ह कलम रहेकोमा एकतापछि एकीकृत समाजवादीले कलम चुनाव चिन्ह पाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। असोज २२ गते…

नेकपा (एस)को चुनाव चिह्न 'कलम'

माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको चुनाव चिह्न 'कलम' तोकिएको छ ।  नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)बीच पार्टी एकता भएपछि चुनाव चिह्न कलम राख्ने सहमति भएको हो ।  आठ बुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो । जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिह्न दर्ता गराएको थियो । तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिह्न तोकेको थिएन ।

जीवन राई नेतृत्वको दल नेकपा (एकीकृत)ले पायो प्रमाणपत्र, चुनाव चिह्न कलम

काठमाडौं १० असार । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको हो । विभाजनउन्मुख नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका युवाहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ । उनीहरुले नयाँ दल दर्ताका लागि दिएको […]

जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दल दर्ता, चुनाव चिह्न कलम

१० असार, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको छ । एमाले नेता माधव नेपाल निकट मानिने राईले गत वैशाख ७ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । नेपालमा भइरहेको कम्युनिस्ट पार्टी कुनैले […]

नेकपा एकीकृतले चुनाव चिह्न 'कलम' पायो

बुधबार दल दर्ताको प्रमाणपत्रसहित 'कलम' चुनाव चिह्न कलम पाएको नेकपा एकीकृतका अध्यक्ष जीवन राईले जानकारी दिए।