नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर वरिष्ठ नेता माधव नेपाल पक्षका नेतालाई कारवाही गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने नेता र प्रतिनिधि सभाका निवर्तमान सांसदलाई कारवाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई जानकारी दिए ।
नेता नेपालसहित झलनाथ खनाल, भीम रावल लगायतलाई कारवाही गरिएको छ ।
पार्टीको निर्देशनविपरीत कार्यकर्ता भेला गरेको भन्दै नेता नेपाल, रावल, ...