३० वैशाख- निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । भट्टराईले आज स्थानीय तहको निर्वाचनमा मतदान गर्दा मतसङ्केत गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले उनीलाई स्पष्टीकरण सोधेको हो । ‘जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह सदस्य निर्वाचनका लागि […]