दसैँ बनाउन गाउँ गएका सर्वसाधारण काठमाडौं फर्किन थालेका छन् । शुक्रबार दसैँको टीका ग्रहणसँगै शनिबार काठमाडौं फर्किने क्रम सुरु भएको छ । टीकाको भोलिपल्ट काठमाडौंको कोटेश्वर, कलंकी लगायतका ठाउँमा काठमाडौं फर्किने चहलपहल देखिएको छ ।यो वर्ष दसैँ मनाउन १० लाख बढीले काठमाडौँ उपत्यका छोडेका थिए । उपत्यका बाहिर गएकाहरु फर्किन थालेपछि दसैँमा सुनसान बनेको काठमाडौं उपत्यकामा काठमाडौं उपत्यकामा चहलपहल देखिएको छ ।