काठमाडौँ। चीन सरकारले अनुदानमा दिएको १० लाख सिरिन्ज तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।
चीन अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख सीमा नाका हुँदै प्रवेश गरे पनि अझै १० लाख आउन बाँकी छ। करिब साढे २ करोड सिरिन्ज आउने चरणमा रहको रहेको समेत आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए।