ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकिकृत कारोबार बैशाख ८ बाट हुने

काठमाडौं, ३ बैशाख । ग्लोबल आइएमई वित्तीय सस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार बैशाख ८ बाट हुने भएको छ । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आईएमई लघुवित्तको नामबाट ८ गतेबाट एकिकृत कारोबार सुरु हुने कम्पनीले जनाएको छ । पुस २९ गते सम्पन्न भएको दुई कम्पनीको वार्षिक साधारण सभाले एक आपसमा […]

सम्बन्धित सामग्री

बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न ग्लोबल आइएमई लघुवित्तको आग्रह

चैत २४, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।  कम्पनीले गत मंसिर २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित गरेको २८ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भइसकेको जानकारी गराउँदै उक्त बोनस बापतको कर रकम जम्मा गर्न आग्रह गरेको हो । साविक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड र यस कम्पनी मर्ज भई २०७८ साल वैशाख २८ गतेदेखि एकीकृत कारोबार शुरु गरे पश्चात शेयर खरीद गरेका शेयरधनीको हकमा कर लाग्ने र सो कर बापतको रकम शेयरधनी स्वयमले तिर्नुपर्ने भएकाले कम्पनीले सूचना प्रकाशित गरेको हो ।  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको उक्त बोनस शेयर प्रयोजनका लागि लाग्ने कर बापतको रकम एकीकृत कारोबार पश्चात शेयर खरीद गरेकाहरुको हकमा मात्र लागू हुने कम्पनीको भनाइ छ । कम्पनीले बोनस शेयरको कर बापतको रकम ग्लोबल आइएमई बैंकको शाखा कार्यालय न्यूरोड, पोखरमा रहेको १२०१०१००००३७० मा जम्मा गरिदिनका लागि आग्रह गरेको हो । कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्न समेत कम्पनीले भनेको छ ।

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार सुरू

लमजुङ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको पोखरा–२६ मा केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति पश्चात् ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाकोे नामबाट एकीकृत वित्तीय कारोबार सुरू गरेको छ ।एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पुँजी ४३ करोड १७ लाख २० हजार ४ सय ११, कुल कर्जा […]

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार आजदेखि शुरु

वैशाख ८, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाले बुधवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । स्पर्श लघुवित्तलाई प्राप्तिपछि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कास्कीको पोखरा –२६ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुधवार आयोजित एक समारोहका बीच एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको हो । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाको अध्यक्षता र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  एकीकृत कारोबार पश्चात् उक्त कम्पनीको कुल चुक्तापूँजी ४३ करोड १७ लाख २० हजार ४११ रुपैयाँ पुगेको छ । अब कम्पनीको कुल कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार रुपैयाँ, निक्षेप/ बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६२० रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीले देशका विभिन्न ५१ ओटा जिल्लाका ९९ ओटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । साथै, वित्तीय संस्थाको कुल ग्राहक सदस्यहरु १ लाख २३ हजार ४१३ जना रहेका छन् भने ६३ हजार २९० जना ऋणी सदस्यहरु रहेको कम्पनीले बताएको छ । कार्यक्रमका प्रमुख अतिथि रत्नराज बज्राचार्यले लघुवित्त क्षेत्रमा दोहोरोपनको समस्या रहेको र त्यसको निराकरणको उपाय मध्येको एक उपाय मर्जर तथा प्राप्ति नै भएको बताए ।

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार वैशाख ८ गतेदेखि शुरु

वैशाख ३, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार वैशाख ८ गतेदेखि शुरु हुने भएको छ । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरे पश्चात ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट वैशाख ८ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको हो ।  दुवै कम्पनीबिच गत पुस २७ गते प्राप्ति सम्बन्धि अन्तिम सम्झौता तथा दुवै कम्पनीको पुस २९ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।  एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले चैत २७ गते अन्तिम स्वीकृति दिएसँगै वैशाख ८ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको हो । प्राप्ति पश्चात उक्त कम्पनीको रजिष्टर्ड कार्यालय पोखरा उपमहानगरपालिका, वार्ड नम्बर २६, विजयपुर, कास्कीमा रहने जानकारी दिइएको छ । साथै, डाटा माइग्रेशन प्रयोजनको लागि दुवै कम्पनीको कारोबार वैशाख ७ गते बन्द रहने समेत जानकारी दिइएको छ ।