वैशाख ३, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार वैशाख ८ गतेदेखि शुरु हुने भएको छ ।
ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरे पश्चात ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट वैशाख ८ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको हो ।
दुवै कम्पनीबिच गत पुस २७ गते प्राप्ति सम्बन्धि अन्तिम सम्झौता तथा दुवै कम्पनीको पुस २९ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले चैत २७ गते अन्तिम स्वीकृति दिएसँगै वैशाख ८ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको हो ।
प्राप्ति पश्चात उक्त कम्पनीको रजिष्टर्ड कार्यालय पोखरा उपमहानगरपालिका, वार्ड नम्बर २६, विजयपुर, कास्कीमा रहने जानकारी दिइएको छ ।
साथै, डाटा माइग्रेशन प्रयोजनको लागि दुवै कम्पनीको कारोबार वैशाख ७ गते बन्द रहने समेत जानकारी दिइएको छ ।