खराब आचरण भएका न्यायाधीशमाथि न्याय परिषद्को अर्को एक्सन

न्याय परिषद्को बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । शुक्रबारको परिषद् बैठकले खराब आचरण र कार्यक्षमताको अभाव देखिएका दुई न्यायाधीशलाई बर्खास्त गर्न कामु प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार खराब आचरण, फैसलामा कैफियत र कार्यक्षमताको अभाव देखिएका उच्च अदालत सुर्खेत अन्तरगत जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्तीका लागि सिफारिस गरेको हो । त्यसैगरी बैठकले बर्दिया जिल्ला अदालतमा कार्यरत न्याय

सम्बन्धित सामग्री

न्याय परिषद्को बैठक निष्कर्षविहीन

सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।

न्याय परिषद्को बैठक निष्कर्षविहीन

न्याय परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको हो ।

न्यायाधीश भट्टराई आजबाट न्याय परिषद्को सदस्य

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भ्टटराई आजबाट न्याय परिषद्को सदस्य हुने भएका छन् । यसअघि सदस्य रहेका डा इश्वरप्रसाद खतिवडाले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि वरिष्ठतम् न्यायाधीशको रुपमा भट्टराईले न्याय परिषद्को सदस्यको रुपमा काम गर्न लागेका हु् । नेपालको संविधानको धारा १५३ बमोजिम सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश न्याय परिषद्को पदेन सदस्य रहने […]

दुई सय २४ न्यायाधीशको सरुवा गर्ने न्याय परिषद्को निर्णय

न्याय परिषद्को आज बसेको बैठकले दुई सय २४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशको सरुवा गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन आह्वान गरेकोमा ६३ लाई प्रारम्भिक छनोट गरेको छ […]

न्याय परिषद्को बैठक : न्यायाधीश बर्खास्त

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । उता जिल्ला अदालत बर्दिया न्यायाधीश लोकजंग शाहलाई परिषद् बैठकले पदमुक्त गर्नका लागि पनि सिफारिस गरेको छ । त्यस्तै तुलसीपुर उच्च अदालतकी न्यायाधीश कविता उप्रेतीलाई सचेत […]

न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ।...

आज न्याय परिषद्को बैठक बस्दै

काठमाडौं, ११ फागनु । सर्वोेच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बोलाएका छन् । आज बस्ने बैठकमा कामु कार्कीले विशेष अदालत काठमाडौं र राजश्व न्यायाधीकरण न्यायाधीशलाई काज खटाउने विषयमा छलफल हुने जनाइएको छ । बैठकमा विशेष अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने विषयले पनि प्राथमिकता पाउने भएको छ ।

न्याय परिषद्को बैठक आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज(बुधबार) न्याय परिषद्को बैठक बोलाउनु भएको छ । विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनाका लागि सो परिषद्को बैठक बोलाईएको हो । न्याय परिषद्को बैठक आज (बुधबार) अपराह्न ४ बजे बस्ने भएको छ ।

न्याय परिषदको बैठक स्थगित

आज अपरान्ह १ः३० बजेका लागि बोलाइएको न्याय परिषद बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो ।सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।

न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारी सिफारिस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारीलाई सिफारिस गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रवार भण्डारीलाई उक्त पदका लागि सिफारिस गरेका हुन्। लक्ष्मीबहादुर निरालाको निधनपछि रिक्त स्थानका लागि रामेछापको सुनापती गाउँपालिकाका वरिष्ठ अधिवक्ता भण्डारीलाई सिफारिस गरिएको हो। निरालाको वैशाख २१ गते कोरोना सक्रमणबाट निधन भएको थियो। राष्ट्रपति विद्यादेवी…