विश्‍व बैंकको २२ अर्ब ८२ करोड सहुलियत ऋण

काठमाडौं : भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न विश्‍व बैंकले नेपाल सरकारलाई  २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने  सम्झौता गरेको छ। बिहीबार परियोजना कार्यान्वयनका लागि बैंकले अतिरिक्त ऋणस्वरूप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंक...

सम्बन्धित सामग्री

साढे २९ अर्ब सहुलियत ऋण आउने

काठमाडौं । नेपालले साढे २९ अर्ब रुपैयाँभन्दा बढी सहुलियतपूर्ण ऋण पाउने भएको छ । मित्रराष्ट्र अमेरिका र एशियाली विकास बैंक (एडीबी) ले उक्त परिमाणमा सहुलियत ऋण दिन लागेका हुन् ।  नेपालका साना तथा मझौला उद्योगलाई अमेरिकाले साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने वचन दिएको हो । अमेरिकाका विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँगको हालैको भेटमा १२५ मिलियन अमेरिकी डलर (१६ अर्ब ६२ करोड ५० लाख रुपैयाँ) ऋण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । एडीबीसँग त ऋण सम्झौता नै भइसकेको छ । अमेरिकी सहयोग नेपालका बैंकहरूमार्फत साना तथा मझौला उद्योगमा प्रवाह गरिने बताइएको छ । बैंकमार्फत हुने कर्जा प्रवाहले नेपालको बैंकिङ क्षेत्रलाई थप सहज हुने भएको छ । परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच अमेरिकी विदेश मन्त्रालयमा सोमवार राति भेटवार्ता भएको थियो । भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायत विषयमा छलफल भएको छ ।  सडक सञ्जाल सुधार्न एडीबीबाट १३ अर्ब  साना तथा मझौला उद्योगलाई अमेरिकाबाट साढे १६ अर्ब दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तरराष्ट्रिय साझा चासोका विषयमा पनि छलफल गरेका छन् । साउदले नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औंल्याएका थिए । मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको र सूचनाप्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गरेका थिए । मन्त्री साउदले नेपालमा उत्पादित थप वस्तुलाई व्यापार सहुलियत प्रदान गर्न पनि अनुरोध गरेका छन् । मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताए । वार्ताका क्रममा दुवै पक्षले एमसीसी परियोजना तोकिएको समयमै सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका थिए । त्यस्तै सरकार र एडीबीबीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करीब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । मंगलवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र एडीबीका नेपाल निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि एडीबीबाट भएको यो अतिरिक्त वित्तीय लगानी हो । कुल ३२४ किलोमीटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिने मन्त्रालयले बताएको छ । कार्यक्रममा प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र संघीयता कार्यान्वयनलाई सघाउने अर्थसचिव पुष्करले विश्वास व्यक्त गरे । ‘ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सबलीकरणसँगै यो परियोजनाले संघीयता कार्यान्वयनमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ’, अर्थसचिव पुष्करले भने, ‘बाढीपहिरोलगायत समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ । यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ ।’ एडीबीका नेपाल निर्देशक काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताए । सडक मर्मत सम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायत काम यो आयोजनामार्फत गरिनेछ ।

एडिबीद्वारा १३ अर्बको सहुलियत ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले नेपालको वित्तीय व्यवस्थापनको लागि १० करोड अमेरिकी डलर (१३ अर्ब २९ करोड रूपैयाँ) सहुलियत ऋण स्वीकृत गरेको छ।...

विश्व बैंकले १३ अर्ब सहुलियत ऋण दिने

हरियाली, जलवायु–उत्थानशील र समावेशी विकास (ग्रिड)मा १० करोड सहायताका लागि विश्व बैंक र नेपालबीच सम्झौता विश्व बैंकले नेपाललाई करिब १३ अर्ब रुपैयाँ सहुलियत ऋण दिने भएको छ । नेपाललाई हरियाली, जलवायु–उत्थानशील र...

आइएमएफले नेपाललाई ४६  अर्ब निर्ब्याजी ऋण दिने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई ४६ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण दिने भएको छ । आइएमएफले इन्ह्यान्स्ड क्रेडिट फ्यासिलिटी (इसिएफ)मार्फत नेपालका लागि २८२.४२ मिलियन एसडिआर (३९५.९ मिलियन अमेरिकी डलर)बराबरको सहुलियतपूर्ण...

बागमती प्रदेशका साना किसानलाई २ अर्ब सहुलियत ऋण

हेटौंडा :  बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८-७९ मा प्रदेशका साना किसानहरुलाई २ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।प्रदेश सरकारले कोरोना महामारीबाट शिथिल बनेको कृषि, उद्योग, व्यापार, व्यवसाय तथा उत्पादनको क्षेत्रमा काम गर्न चाहने साना किसानलाई सहुलियतपुर्ण ब्याजदरमा २ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको हो।जसअन्तर्गत चालु आर्थिक वर्षको हालससम्मा प्रदेशभित्रका तीनसय ३६ साना किसानले ३१ करोड ५३ लाख रुपैयाँ सहुलियतपुर्ण ऋण लिएका छन्। बागमती प्रदेशको आर्थिक मामीला तथा योजन

नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौता

काठमाडौँ– नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपाल सरकार र विश्व बैंकबीच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (करिब १७ अर्ब ७८ […]

किसानको ३५ करोड तिर्न बाँकी, डीडीसीले माग्यो ३० करोड ऋण

दुग्ध  विकास  संस्थान (डीडीसी)ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ३० करोड सहुलियतपूर्ण ऋण माग गरेको छ । डीडीसीले किसानलाई माघदेखि दूधको भुक्तानी दिएको छैन, सोही भुक्तानीका लागि सरकारसँग सहुलियत ऋण मागेको कृषि मन्त्रालयका (पशुपन्छीतर्फ) निमित्त सचिव डा. विमल निर्मलले बताए ।डीडीसीका  कार्यवाहक  अध्यक्षसमेत  रहेका सचिव निर्मलले कोभिड–१९ का कारण भएको बन्दाबन्दीको समयमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नहुँदा पुँजी होल्ड भएको र अहिले किसानलाई समे