साढे २९ अर्ब सहुलियत ऋण आउने

काठमाडौं । नेपालले साढे २९ अर्ब रुपैयाँभन्दा बढी सहुलियतपूर्ण ऋण पाउने भएको छ । मित्रराष्ट्र अमेरिका र एशियाली विकास बैंक (एडीबी) ले उक्त परिमाणमा सहुलियत ऋण दिन लागेका हुन् ।  नेपालका साना तथा मझौला उद्योगलाई अमेरिकाले साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने वचन दिएको हो । अमेरिकाका विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँगको हालैको भेटमा १२५ मिलियन अमेरिकी डलर (१६ अर्ब ६२ करोड ५० लाख रुपैयाँ) ऋण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । एडीबीसँग त ऋण सम्झौता नै भइसकेको छ । अमेरिकी सहयोग नेपालका बैंकहरूमार्फत साना तथा मझौला उद्योगमा प्रवाह गरिने बताइएको छ । बैंकमार्फत हुने कर्जा प्रवाहले नेपालको बैंकिङ क्षेत्रलाई थप सहज हुने भएको छ । परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच अमेरिकी विदेश मन्त्रालयमा सोमवार राति भेटवार्ता भएको थियो । भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायत विषयमा छलफल भएको छ ।  सडक सञ्जाल सुधार्न एडीबीबाट १३ अर्ब  साना तथा मझौला उद्योगलाई अमेरिकाबाट साढे १६ अर्ब दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तरराष्ट्रिय साझा चासोका विषयमा पनि छलफल गरेका छन् । साउदले नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औंल्याएका थिए । मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको र सूचनाप्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गरेका थिए । मन्त्री साउदले नेपालमा उत्पादित थप वस्तुलाई व्यापार सहुलियत प्रदान गर्न पनि अनुरोध गरेका छन् । मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताए । वार्ताका क्रममा दुवै पक्षले एमसीसी परियोजना तोकिएको समयमै सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका थिए । त्यस्तै सरकार र एडीबीबीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करीब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । मंगलवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र एडीबीका नेपाल निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि एडीबीबाट भएको यो अतिरिक्त वित्तीय लगानी हो । कुल ३२४ किलोमीटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिने मन्त्रालयले बताएको छ । कार्यक्रममा प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र संघीयता कार्यान्वयनलाई सघाउने अर्थसचिव पुष्करले विश्वास व्यक्त गरे । ‘ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सबलीकरणसँगै यो परियोजनाले संघीयता कार्यान्वयनमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ’, अर्थसचिव पुष्करले भने, ‘बाढीपहिरोलगायत समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ । यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ ।’ एडीबीका नेपाल निर्देशक काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताए । सडक मर्मत सम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायत काम यो आयोजनामार्फत गरिनेछ ।

सम्बन्धित सामग्री

एडिबीद्वारा १३ अर्बको सहुलियत ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले नेपालको वित्तीय व्यवस्थापनको लागि १० करोड अमेरिकी डलर (१३ अर्ब २९ करोड रूपैयाँ) सहुलियत ऋण स्वीकृत गरेको छ।...

स्वरोजगार कोषबाट सहुलियत ऋण प्रवाह सुरू

सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार विकास कोषबाट व्यवसाय शुरुवात गर्नका लागि सहुलियत ऋण सहकारीमार्फत दिन थालेको छ । कोषका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको चार वर्षपछि सहकारीहरुलाई थोक ऋण प्रबाह गर्न शुभारम्भ गरिएको हो । पहिलो चरणमा दुई वटा सहकारीहरुले ४०/४० लाख रुपैयाँको पहिलो थोक ऋण पाएका छन् । उनीहरुलाई दोस्रो किस्तामा थप ४०/४० लाख […]

विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकृत

सरकारले विश्व बैंकबाट उपलब्ध हुने रु ३५ अर्ब अर्थात् (दुई सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आज  सार्वजनिक गर्दै यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि सो ऋण स्वीकृत गरिएको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीक

विश्व बैंकबाट ३५ अर्ब सहुलियत ऋण लिइने

सरकारले विश्व बैंकबाट उपलब्ध हुने रु ३५ अर्ब अर्थात् (दुई सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् वैठकले गरेको निर्णय आज यहाँ सार्वजनिक गर्दै यातायात तथा व्यापार आबद्धता अभिवृद्धि …

स्टार्टअप बिजनेसका लागि सहकारीबाट सहुलियत ऋण

सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार विकास कोषले स्टार्टअप विजनेशका लागि सहुलियत ऋण सहकारीमार्फत् दिने भएको छ ।कोषले बिना धितो दिइने सो ऋण प्रवाहका लागि सहकारीहरुलाई कोषको कार्यालयमा आवेदन दिन सूचना प्रकाशित गरेको छ । कोषका कार्यकारी निर्देशक चुडामणी तिमिल्सिनाले आगामी असोजसम्म सहकारीलाई सूचिकृत गरी ऋण प्रवाहका लागि रकम उपलब्ध गराइने बताए । कोषले मंगलबार धनगढीमा आयोजना […]

फिल्म धितो राखेर सहुलियत ऋण उपलब्ध गराउन उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले फिल्मलाई नै धितो राखेर सहुलियत ऋण उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अन्य राष्ट्रिय प्राथमिकता उद्योगसरह फिल्मलाई पनि ५० प्रतिशत प्रोजेक्ट ऋण उपलब्ध गराउन आग्रह गरेका हुन् । महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र चलचित्र निर्माता संघले मंगलबार आयोजना गरेको ‘चलचित्रको गीत-संगीतको सरोकार, कानुन र […]

सरकारले विश्व बैंकले दिने १५० मिलियन डलर सहुलियत ऋण स्वीकार गर्ने

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता लिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहुलियत ऋण सहायता लिने निर्णय गरेको सञ्चार तथा...

१२ हजार युवाले १० लाखसम्म सहुलियत ऋण पाउने

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीच १२ हजार युवालाई सहुलियत ऋण दिने विषयमा द्विपक्षीय समझदारी भएको छ । कोष र परिषद्बीच रोजगार तथा स्वरोजगारी सृजना गर्ने लक्ष्यसहित प्रतिपरियोजना दुई लाखदेखि १० लाख रुपैयाँसम्म दिने गरी बिहीबार सम्झौता भएको हो । समझदारीपत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र […]