चलायमान बन्दै अटोमोबाइल बजार

काठमाडौं । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो भएको करीब १ महीना बजारमा मागै नदेखिएको अटोमोबाइलको बजार अहिले भने चलायमान हुन थालेको छ । व्यवसायीहरूका अनुसार बजारमा सवारीसाधनबारे सोधपुछ गर्ने र बुकिङ गर्नेको संख्या उकालो लाग्दै गएको छ । कोभिडको दोस्रो लहरका कारण गत वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाका कारण ठप्प रहेको अटोमोबाइल क्षेत्र गत असार दोस्रो सातादेखि खुलेको थियो । शोरूम खुले पनि शोरूममा सवारीसाधनबारे बुझ्न आउने ठप्पै भएको गुनासो व्यवसायीहरूले गर्दै आएका थिए । बजार खुलेको करीब १ महीनासम्म सोधपुछका लागि आउने पनि कोही नभएकोमा अहिले भने माग बढ्न थालेको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल बताउँछन् । स्कोडाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले गत साता ७५ ओटा नयाँ स्कोडा कुशाक डेलिभरी गरेको थियो । तीन साताअघि सार्वजनिक उक्त मोडललाई काठमाडौंसहित देशभरिका शोरूमबाट आएको मागअनुसार कम्पनीले डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए । कम मूल्य पर्ने इन्ट्री लेभलका गाडीको विक्री बजारमा राम्रो देखिएको उच्च मूल्यका एसयूभी गाडीको माग पनि बढेको व्यवसायीहरूले बताएका छन् । जीपको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू नेपालका प्रबन्धक रमेश धनेखुले सोधपुछ गर्न आउनेको संख्या उच्च रहेको बताए । निषेधाज्ञाको अन्योलका कारण अहिले विक्री भने अपेक्षाअनुसार नबढेको उनी बताउँछन् । ‘विक्री पनि छ तर हाम्रो अपेक्षाअनुसारको विक्री छैन,’ उनले भने, ‘अहिले निषेधाज्ञाकै विषयमा अन्योलमा रहेकाले माग सोचेजति राम्रो देखिएको छैन ।’ निसानको डिलर मेगा मोटर्सका प्रबन्ध निर्देशक महेश पालले सवारीको विक्री बढेको बताए । अघिल्लो वर्षको भन्दा करीब ३५ प्रतिशतले विक्री बढेको बताउँदै उनले धेरैले दशैंको अफर कुरिरहेको जानकारी दिए । अहिले म्याग्नेट गाडी पूरै विक्री भइसकेको बताउँदै उनले माग धेरै राम्रो रहेको बताउँछन् । कोभिडको संक्रमण बढ्दै गएकाले फेरि निषेधाज्ञा हुन्छ कि भन्ने त्रासले अहिले खरीद गर्नेभन्दा पनि बुकिङ गर्नेको संख्या बढेको उनले बताए । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कोभिडपछि पछिल्लो १ वर्ष निजी गाडीको माग राम्रो रहेको बताए । निषेधाज्ञाका बेला प्रभावित भए पनि अरू बेला माग राम्रो रहेको उनी बताउँछन् । ‘गत आर्थिक वर्षमा करीब ६ महीना लामो बन्दाबन्दीकै बेला पनि अटोमोबाइलको विक्री त्यसको अघिल्लो वर्षको भन्दा राम्रो देखियो,’ उनले भने, ‘निजी सवारीप्रतिको आकर्षण हेर्दा यस वर्ष विक्री अझै राम्रो हुने अपेक्षा हामीले गरेका छौं ।’ अहिले संक्रमण नघटेकाले फेरि बन्द हुन्छ कि भन्ने त्रासका रहे पनि बजार चलायमान रहेको उनले बताए । उनका अनुसार गत आवमाा निजी सवारी जीप, कार, भ्यान र मोटरसाइकल तथा स्कुटरको विक्री बढ्दै कुल ४ लाख ७४ हजार ६७९ ओटा यातायात साधन आयात भएका थिए । यो त्यसको अघिल्लो वर्षको भन्दा १ लाख ४ हजारले बढी हो ।

सम्बन्धित सामग्री

आजदेखि नारायणी महोत्सव शुरू हुँदै

चितवन। चितवनको नारायणी नदी किनारमा आज (बुधवार)देखि नारायणी महोत्सव सञ्चालन हुँदै छ । रिकभरिङ युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा ‘चितवन रिकभरी जनचेतना, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८०’ हुन लागेको हो । स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । महोत्सव मङ्सिर १६ गतेसम्म चल्ने रिकभरिङ युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए । लागूऔषध प्रयोगकर्ताको नि:शुल्क उपचार मुख्य लक्ष्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीको प्रवर्द्धनमा सघाउने श्रेष्ठले बताए । महोत्सवमा सर्वसाधारणलाई ७० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक र विपन्न तथा पाँच वर्षमुनिका बालबालिकाका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिनेछ । महोत्सव सम्पन्न गर्न ५७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवले घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय स्रोतसाधन, मौलिक परम्परा, स्थानीय कृषि उपज लगायतको प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ । महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फेन्सीलगायतका २५० स्टल रहनेछन् । महोत्सव भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि महत्त्वपूर्ण माध्यम बन्ने महोत्सवका सहसंयोजक पिंगलराज पन्तले बताए । भरतपुरसहित समग्र चितवनका पर्यटकीय गन्तव्यको जानकारी दिन महोत्सव परिसरमा छुट्टै डिस्प्ले बोर्ड राखिएको छ । महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि हुनेछन् । महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा २५० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फेन्सीलगायतका स्टल रहनेछन् । यस्तै नि:शुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम र अन्तरराष्ट्रियस्तरका बाल उद्यान रहने आयोजकले जानकारी दिएको छ ।

अर्थतन्त्र चलायमान हुन बजारमा माग सिर्जना हुनुपर्छ

कोभिड महामारीपछि उत्पन्न मन्दीका कारण अहिले समग्र अर्थतन्त्र नै सुस्त बनेको छ । अटोमोबाइल बजार झन् धेरै प्रभावित छ । पछिल्लो समय अवसर खोज्दै बिदेसिने नेपालीको लर्काे देखिन्छ । निजी...

संकटमा कार बजार : सरकार र राष्ट्र बैंक सफल हुँदा व्यवसाय भने चौपट

काठमाडौं । सवारीसाधनको बिक्री एक दशक यताकै कमजोर अवस्थामा पुगेको छ । करिब २२ महिना अघि बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव, राष्ट्र बैंकको कडाइ, अर्थतन्त्रमा आएको संकुचन लगायतले प्रभावित भएको अटोमोबाइल बजार अझै चलायमान हुन सकेको छैन । एकाएक डलर संचितिमा गिरावट आएको भन्दै केन्द्रीय बैंकले एलसी खोल्न मौखिक जानकारी दिएर रोक्यो । त्यसको लगत्तै […]

नाडा अटो शोका लागि स्टल बाँडफाँड

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले भाद्र ७ देखि १२ गते सम्म आयोजना गर्ने “नाडा अटो शो २०२२” को गत हप्ता खुल्ला गरिएको स्टल बुकिङका लागि रजिष्ट्रेशनमा उल्लेखिय सहभागितारहेको आयोजकले जानकारी गराएको छ । ४ दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा २ दिनमै सम्पूर्ण सम्भावित सहभागि कम्पनीहरुको दर्ता भई सकेको थियो ।बिहिबार असार २ गते गरिएको गोलाप्रथा अन्तर्गत सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा कार्य समिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरुको उपस्थितिमा सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँडफाँड गरिएको छ ।विगतका संस्करणहरु भन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उदेश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ । कोभिड महामारीका कारण २ वर्षपछि आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अटो व्यासायीहरुको भव्य सहभागिताले आयोजक नाडा प्रोत्साहित हुनुका साथै सुस्ताई रहेको अटोव्यवसाय चलायमान हुनेमा पनि आयोजक विश्वस्त रहेको छ ।नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालका अनुसार अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणकालागि समेत नाडा अटो शो अपरिहार्य रहेको छ । अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ््याक्चरिङ कम्पनीहरुका विज्ञ एवं जानकारहरुसंगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुने पनि सभापति बरालको भनाई रहेको छ ।

चलायमान अर्थतन्त्रको साधन बन्दै अटोमोबाइल क्षेत्र

विश्व अटो बजारमा नेपालको हिस्सा सानो भए पनि नेपाल अटोमोबाइल क्षेत्रको उदीयमान बजार हो । नेपालमा रेमिट्यान्स आप्रवाह बढ्दै गएको र मध्यम वर्गको आम्दानी पनि वृद्धि हुँदै गएका कारण मोटरसाइकल तथा गाडी आयातको तथ्यांक उत्साहजनक देखिन्छ । अर्थतन्त्रको क्षमताभन्दा बढी सवारी साधन आयात हुँदा कहिलेकाहीँ शोधनान्तर स्थिति नै संकटमा पर्न थालेपछि सरकारले नियन्त्रणकारी नीतिसमेत अख्तियार […]

सबल अर्थतन्त्रका लागि यातायातका साधनमाथिको सहज पहुँच

अर्थतन्त्र चलायमान गर्ने दुईओटा चक्रहरू मेशिनरी तथा यातायातका साधनलाई लिने गरिन्छ । यी दुईओटामध्ये एउटा चक्रको अनुपस्थितिमा समग्र अर्थतन्त्र अपांग हुन जान्छ । त्यसैले क्पापिटल गुड्सभैंm यातायातका साधनहरूलाई विश्वभरि नै अपरिहार्य आवश्यकताका रूपमा लिने गरिन्छ । राजस्वको आकर्षणमा मोहित हुन गई यातायातका साधनको यो विश्वव्यापी ध्रुवसत्यलाई अंगीकार गर्न नसक्दा यातायातका साधनलाई कथित विलासिताको ट्याग लगाएर समाजमा नराम्रो चित्रण प्रस्तुत गरिएको छ । समाजमा यस्तो सामाजिक मनोविज्ञान खडा गरिएको छ कि मदिरा, चुरोट र सुर्तीको हाराहारीमा यातायातका साधनहरूलाई हेर्ने दृष्टिकोण सृजना गरिएको छ । यातायातका साधनलाई विलासिताका वस्तुको वर्गमा वर्गीकृत गरी यस्ता साधनमा अत्यधिक कर लगाइने गरेको छ । परिणामस्वरूप यातायातका साधनको मूल्य सर्वसाधारणको पहुँचभन्दा बाहिर पुग्न गएको छ । आर्थिक क्रियाकलापसँग प्रत्यक्ष सम्बन्ध राख्ने यातायातका साधनहरूमा लाग्ने अत्यधिक करले समग्र अर्थतन्त्रमा कति नकारात्मक असर गरिरहेको छ भन्ने विषयमा सबैतिर अज्ञानजन्य मौनता व्याप्त छ । वर्तमान व्यस्त समाजमा यातायातका साधनमाथिको असहज पहुँचका कारण समग्र आर्थिक क्रियाकलापमा एक प्रकारको जडता सृजना भएको छ । यस जडताले व्यवस्थापक तहमा सृजनाशीलता र श्रमिक तहमा उत्पादकत्वमा गम्भीर असर गरिरहेको छ । निजीको साटो सार्वजनिक यातायात प्रयोग गर्दा उत्पन्न हुने थकावट तनाव, अनिश्चितता र समयको बर्बादीले वस्तु तथा सेवा उत्पादनमा गम्भीर असर गरेको विषयमा नेपालमा कुनै चिन्तन नै हुने गरेको छैन । यी सबै पक्षको एकमुष्ट असर भनेको नेपाली उत्पादनको लागत वृद्धि नै हो जसले यस्ता वस्तुहरूलाई थप अप्रतिस्पर्धी बनाउन भूमिका खेलिरहेको हुन्छ । सारमा भन्नु पर्दा अस्वभाविक रूपमा महँगा बनाइएका सवारीसाधनका कारण यस्ता साधनमा सर्वसाधरणको पहुँच नहुँदा समग्र समाजको कार्यसम्पादनमा गम्भीर असर गरिरहेको छ । उदाहरणका लागि समान आयस्रोत भएका भारतका नागरिकले मोटर चढ्ने हैसियत राख्छन् भने नेपाली नागरिकले नेपालमा मोटरसाइकल खरीद गर्न पनि धौधौ पर्ने गरी कर थोपरिएको छ । नेपालमा साइकल चढ्ने हैसियत राख्ने व्यक्तिसरहको भारतीय नागरिकले मोटरसाइकल चढ्ने हैसियत राख्छ । यसरी बोर्डरको पारिभन्दा वारि नेपालतिर तीन गुणा महँगो सोही साधन प्रयोग गर्ने जुन बाध्यता सृजना गरिएको छ त्यसले नेपाल र भारतका उद्यमी, व्यापारी र मजदूरहरूको कार्यसम्पादनमा गम्भीर असमानता सृजना गरिरहेको छ । विशेषगरी भन्सार विभागबाट आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित तथ्यांकलार्ई बृहत् आर्थिक वर्गीकरणको परिभाषाअनुसार गणित गरी हेर्दा यातायातका क्षेत्रबाट प्राप्त करीब रू. ९६ अर्ब बराबरको राजस्व सरकारले उठाएको छ । तथापि सारमा हेर्दा यसले नेपालमा उत्पादन हुने हरेक वस्तु तथा सेवामा रू. ९६ अर्बको थप व्ययभार थपिरहेको हुन्छ । यो भनेको यस्ता करका कारण नेपाली वस्तु तथा सेवा कम्तीमा रू. ९६ अर्ब जतिले कम प्रतिस्पर्धी हुनु नै हो । केही अपवादबाहेक यातायातका साधनहरूको मूल्यको सम्बन्ध प्रत्यक्ष र परोक्ष रूपले उत्पादनको लागतसँग बढी जोडिएको हुन्छ अन्यत्र जस्तै नेपालमा पनि । यसको असर स्वदेशी उद्योगबाट उत्पादित वस्तुहरू आप्mनै देशमा पनि विदेशी उत्पादनसँग कम प्रतिस्पर्धी हुनु तथा नेपाली निर्यातजन्य वस्तुहरू अन्य मुलुकमा उत्पादनसँग पनि कम प्रतिस्पर्धी हुुनु हो । भन्सार राजस्व बढी उठ्यो भन्ने आत्मसन्तुष्टिमा यो पाटोलाई कहिले पनि हेर्ने गरिएको छैन । उपर्युक्त पक्षलाई दृष्टिगत गरी यातायातका साधनमा सहज पहुँच स्थापित गरी संलग्न जनशक्तिको कार्यसम्पादनमा सुधार ल्याई अर्थतन्त्रलाई गतिशील र उत्पादनलाई प्रतिस्पर्धी बनाउन देहायका विषयमा विशेष ध्यान दिनुपर्छ । सर्वप्रथम, विश्वव्यापी मान्यताअनुरूप नेपालमा पनि खाद्य पदार्थ, कच्चापदार्थ र क्यापिटल गुड्सजस्तै गरी यातायातका साधनलाई पनि अपरिहार्य आवश्यकताको वस्तुको सूचीमा राख्नुपर्छ । विकसित देशहरूमा भैंm एक व्यक्ति गाडीको नीति अवलम्बन गरी जनतामा सवारीसाधनको सहज पहुँच स्थापित गर्न भन्सारलगायत कुनै पनि प्रकारका कर, शुल्क र महसुलबाट यस यातायात क्षेत्रलाई मुक्त गर्नुपर्छ । यसले नेपाली उद्यमी र व्यापारीको लागतलाई न्यून गर्न र अतिरिक्त बचत उद्योगका अन्य क्षेत्रमा उपयोग गर्ने अवसर मिल्छ । उदाहरणका लागि हाल रू. २५ लाख पर्ने भारतीय गाडीलाई करमुक्त सुविधा प्राप्त गर्ने हो भने नेपालमा रू. ८ लाख जति पर्न आउँछ । यो अतिरिक्त रू. १७ लाख या त उद्योगमा बढी उत्पादन क्षमताका मेशिनरी जडान गर्न प्रयोग गर्न सकिन्छ या उद्योगका बजार अध्ययन, अनुसन्धान र विकास या उद्योगको वित्त व्यवस्थापनमा उपयोग गर्न सकिन्छ । यसबाट उद्योगकोमा उत्पादित हुने वस्तु तथा सेवाको लागत न्यूनीकरण तथा गुणस्तर अभिवृद्धिकरणका प्रत्यक्ष सहयोग पुग्नु हो । दोस्रो कररहित यातायात क्षेत्रको अवधारणा कार्यान्वयन हुँदा सर्वसाधरणको समेत यस्ता साधनमा पहुँच स्थापित भई आर्थिक क्रियाकलापमा संलग्न जनशक्तिको समय र ऊर्जालाई बचत गर्छ । यस्तो समय र ऊर्जा बचतका कारण प्राप्त हुने अतिरिक्त सृजना र उत्पादनले आर्थिक वृद्धिमा थप योगदान दिने निश्चित छ । तेस्रो, यातायातका साधनको व्यापक पहुँचसँगै गाडी मर्मत, सम्भारजस्ता अतिरिक्त क्रियाकलापहरूमा ज्यामितीय वृद्धि आउने निश्चित छ । हरेक घरमा गाडी हुँदा साथ टोलटोलमा गाडी मर्मत केन्द्रहरू खुल्छन् । चोक चोकमा स्पेयर पार्ट्स विक्री केन्द्र, फ्युल सेन्टरहरू खुल्छन् । यस्ता जनशक्ति उत्पादन गर्न तालीम केन्द्रहरूको पनि त्यत्तिकै जरुरत पछै । यसबाट देशभरि लाखौंको संख्यामा थप रोजगारी सृजना हुने पनि निश्चित छ । चौथो, करमुक्त यातायात क्षेत्रको अवधारणा लागू हुँदा साथ यातायातका साधनहरूमा सर्वसाधारणहरूको पहुँच स्थापना भई लाखौं करोडौंको संख्यामा यस्ता साधनको माग बढ्न जान्छ । यस्तो संख्याले कम्तीमा चरणबद्ध रूपमा एसेम्बलिङ उद्योगको सम्भावना प्रबल भएर जान्छ । सम्भव भएका क्षेत्रमा वैश्विक मूल्य शृंखलाको अंग हुने गरी कुनै निश्चित पार्ट्सको उत्पादन केन्द्र स्वदेशमै स्थापना गर्न सकिने पक्ष पनि विद्यमान रहन्छ । यूरोपेली कमिशनको एक अध्ययनअनुसार ईयू क्षेत्रमा अटोमोबाइल क्षेत्रमा २६ लाख प्रत्यक्ष रोजगारी हुँदा थप १ करोड ३८ लाख अप्रत्यक्ष रोजगारी प्राप्त हुने देखिएको छ । यसको अर्थ अटोमोबाइल उत्पादनमा एक जना प्रत्यक्ष रोजगारी हुँदा थप ५ जना अप्रत्यक्ष रूपमा रोजगार हुने देखिन्छ । त्यसैले यसलाई कथित विलासिताको क्षेत्रबाट हटाई अपरिहार्य आवश्यकताको क्षेत्रमा पार्नुपर्ने देखिन्छ । पाँचौं सवारीसाधनको व्यापकतासँगै सवारीसाधनमा प्रयोग हुने एक्सेसरिजहरू स्वदेशमै उत्पादन गर्नु आर्थिक दृष्टिले पनि व्यावहारिक हुँदै जान्छ । यस्ता क्रियाकलापहरूले मुलुकभित्र उत्पादनका क्रियाकलापहरूमा थप विस्तार हुने तथा रोजगारका थप अवसरहरू सृजना हुने देखिन्छ । छैटौं, करमुक्त यातायात क्षेत्रको अवधारणा लागू हुँदा ढुवानी तथा सवारी भाडामा आउने कमीले दैनिक जनजीविकामा पर्ने सकारात्मक असर र अतिरिक्त वचतले गरिवी निवारण दिने योगदानलाई समेत कम आँक्नु हुँदैन ।   सारांशमा भन्नुपर्दा करमुक्त यातायात क्षेत्रले पैदल हिँड्ने वर्गलाई साइकल चढ्ने वर्गमा, साइकल चढ्न सक्ने वर्गलाई मोटरसाइकल चढने वर्गमा र मोटरसाइकल चढ्ने वर्गलाई मोटर चढ्ने वर्गमा रूपान्तरण गर्ने निश्चित छ । यो रूपान्तरणले मुलुकमा ल्याउने आर्थिक क्रियाकलाप नेपालको कायापलटको एक प्रमुख कारण बन्ने देखिन्छ । समग्रमा भन्दा उत्पादन र उत्पादकत्व वृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि, रोजगारी सृजना, एसेम्बलिङ उद्योगहरूको स्थापना, एक्सेसरिज उद्योगको विकास तथा सस्तो ढुवानी र सवारी भाडाले गरीबी निवारण जस्ता बहुआयामिक क्षेत्रमा सकारात्मक पार्ने यस करमुक्त यातायात क्षेत्रको अवधारणालाई लागू गर्नु देशको समग्र आर्थिक उन्नत्तिका लागि अपरिहार्य नै छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठअधिकृत बजगाईंका यी विचार निजी हुन् ।

निजी प्रयोजनका गाडी विक्री बढ्यो

सन् २०१९ डिसेम्बरमा पहिलोपटक चीनको वुहानमा देखिएको कोभिड–१९ चार महीनाको अन्तरालमा विश्वव्यापी हुँदै नेपालसम्म फैलियो । २०७६ चैत दोस्रो सातादेखि सरकारले संक्रमण रोक्न देशव्यापी बन्दाबन्दी गरेपछि समग्र अर्थतन्त्रमा त्यसको प्रभाव पर्‍यो । अटोमोबाइल व्यवसाय पनि ठप्प भयो । बन्दाबन्दी लम्बिँदै गएपछि व्यवसायीले व्यापार तहसनहस हुने भयले बन्दाबन्दी खोल्न दबाब दिन थाले । २०७७ असार असारदेखि बन्दाबन्दी खुकुलो हुँदै साउनदेखि पूर्णरूपमा बन्दाबन्दी खुल्यो । तर शोरूममा गाडी खरीदका लागि बुझ्न ग्राहक नै आएनन् । असोज पहिलो सातासम्म अटोमोबाइल क्षेत्रबाटै पलायन हुनुपर्ने अवस्था आएको बताउँदै आएका व्यवसायीलाई दशैं नजिकिएपछि भने निकै राहत मिल्यो । शोरूममा गाडीबारे सोधपुछ गर्नेको भीड बढ्यो, अन्य क्षेत्र धराशयी भएकै बेलामा पनि अटोमोबाइल क्षेत्र भने चलायमान देखिन थाल्यो । नेपाल नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार असोजपछि बढ्दै गएको गाडीको माग माघमा उत्कर्षमा पुग्यो र शोरूमहरू रित्ता हुने अवस्था आयो । माघपछि मागअनुसार व्यवसायीले गाडी उपलब्ध गराउन नसक्दा वैशाखसम्म अग्रिम बुकिङ गरेर ग्राहकले गाडी कुरेर बस्नुपर्ने अवस्थासमेत आएको थियो । यसो हुनुको अर्को कारण पनि थियो । कोभिडका कारण गाडीका पार्टपुर्जा उपलब्ध हुन नसक्दा भारतमा अटोमोबाइल उत्पादनमा कमी आएको थियो । उत्पादक कम्पनीले मागअनुसार गाडी निर्यात गर्न नसकेपछि अग्रिम बुकिङको अवस्था आएको व्यवसायीको भनाइ छ । कम्पनीहरूले पार्टपुर्जाको अभावका कारण गाडी उत्पादन गर्न नसकेपछि आपूर्ति प्रणाली नै बिग्रिएकाले मागअनुसार गाडी उपलब्ध गराउन नसकिएको नारायणी अटो बिजनेश प्रालिका सञ्चालक समेत रहेका नाडाका सचिव अनुप बरालले बताए । तथापि, आर्थिक वर्ष २०७७/७८ अघिल्लो वर्षभन्दा अटोमोबाइल क्षेत्रका लागि लाभदायी रह्यो । भन्सार विभागले सार्वजनिक गरेको अघिल्लो आवको वार्षिक तथ्यांकअनुसार समग्र अटोमोबाइलको आयात आव २०७६/७७ को भन्दा २८ प्रतिशतले बढेको छ, जसमा निजी जीप, कार भ्यान तथा मोटरसाइकल र स्कुटरको बजार राम्रो रह्यो । गएको आर्थिक वर्ष ४ लाख ७४ हजार ६७९ ओटा जीप, कार, भ्यान र मोटरसाइकल तथा स्कुटरको आयात भएको छ । यो कोभिडअघिको वर्षको भन्दा धेरै हो । आर्थिक वर्ष २०७५÷७६ मा कुल ३ लाख ७० हजार ६७९ ओटा यस्ता निजी सवारीको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । समग्र अर्थतन्त्र धराशयी भएको बेला यसरी निजी सवारीप्रति आकर्षण बढ्नुलाई व्यवसायीले राम्रो संकेतका रूपमा लिएका छन् । पछिल्ला ४ वर्ष अटोमोबाइलको बजार सुस्ताएकोमा कोभिड संक्रमणका बेला व्यापार बढ्नुले अटोमोबाइल विलासिताको साधन नभएर अत्यावश्यक साधन भएको पुष्टि गरेको नाडाका अध्यक्ष दुलाल बताउँछन् । ‘राज्यले विलासी साधन भनेर जहिल्यै कर लक्षित व्यवसायको रूपमा मात्रै यो क्षेत्रलाई हे¥यो र त्यहीअनुसार नीतिहरू बनायो,’ उनले भने, ‘तर कोभिडपछिको बजारले अटोमोबाइल विलासी साधन नभएको प्रमाणित गरेको छ ।’ व्यवसायीले माघदेखि वैशाखसम्म मागअनुसार आपूर्ति गर्न नसकिरहेको अवस्थामा वैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा शुरू भयो । कोरोनाको दोस्रो लहरका कारण लगाइएको निषेधाज्ञा २ महीनापछि खुकुलो भएपछि अटोमोबाइलका शोरूम खुल्न थाले  । शोरूम खुले पनि १ महीनासम्म गाडीको माग नै देखिएन । अघिल्लो वर्ष पनि दशैंको मुखदेखि विक्री बढेकोले त्यस्तै हुने व्यवसायीको सोच थियो । कतिपय व्यवसायी भने गाडीको व्यापार नहुने भन्दै चिन्तित देखिन्थे । कोभिडपछिका वर्ष अटोमोबाइललाई फापेको वर्ष भएकाले पुनः बजार चलायमान बन्न थाल्यो र अहिले बजार ह्वात्तै बढेको छ । नाडाका अध्यक्ष दुलाल कोभिड लगायत अन्य विभिन्न संक्रमणका कारण सार्वजनिक यातायातका साधनभन्दा निजी सवारीसाधनको प्रयोग सुरक्षित देखिएकाले अहिले मानिसमा निजी गाडीप्रति आकर्षण बढेको बताउँछन् । माग हेर्दा चालू आर्थिक वर्षमा गाडीको व्यापार राम्रो हुने उनको आकलन छ । अहिले विशेषगरी सानो बजेटका इन्ट्री लेभलका गाडीमा ग्राहकको आकर्षण देखिएको व्यवसायी बताउँछन् । बढी मूल्य पर्ने एसयूभी कारको माग पनि राम्रै रहेको बताइए तापनि २० लाखदेखि ४० लाख रुपैयाँसम्मका गाडीमा ग्राहकको आकर्षण बढेको पाइन्छ । यो तहका गाडी विलासिताका लागि नभई दैनिक आवश्यकता पूर्तिका लागि भएको व्यवसायीको भनाइ छ । नेपालमा गाडी धेरै भएको सरकारी निकायहरूले बताउने गरे तापनि आवश्यकताअनुसार नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् । ‘गाडी चढ्न पाउने नागरिकको अधिकार हो, यो विलासिताको साधन होइन, दैनिक आवश्यकता बनिसकेको छ,’ उनले भने, ‘कम्तीमा एक घर एक गाडीको आवश्यकता देखिन्छ । त्यसैले गाडीको संख्या बढी भएको भन्ने यथार्थ होइन, नेपालमा यातायातका पूर्वाधारको विकास नभएर मात्र हो ।’ गत असार अन्तिम सातादेखि यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाएकाले यस क्षेत्रमा केही राहत पुगेको व्यवसायीले बताएका छन् ।

चलायमान बन्दै अटोमोबाइल बजार

काठमाडौं, साउन ३२ । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो भएको करीब १ महीना बजारमा मागै नदेखिएको अटोमोबाइलको बजार अहिले भने चलायमान हुन थालेको छ । व्यवसायीहरूका अनुसार बजारमा सवारीसाधनबारे सोधपुछ गर्ने र बुकिङ गर्नेको संख्या उकालो लाग्दै गएको छ । कोभिडको दोस्रो लहरका कारण गत वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाका कारण ठप्प रहेको अटोमोबाइल […]

छैन सवारीसाधनको माग

काठमाडौं । २ महीना लामो निषेधाज्ञापछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अटोमोबाइल व्यवसाय खोल्न दिने निर्णय गरे । निषेधाज्ञा खुकुलो भएपछि बजार चलायमान हुने अपेक्षा व्यवसायीको थियो । तर, बजार खुकुलो भएपछि पनि सवारीसाधनको विक्री ठप्पै जस्तो हुन पुगेको छ । व्यवसायीहरूका अनुसार शोरूममा सवारीसाधनका बारेमा बुझ्न आउने ग्राहक नै छैनन् । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नेपाल नाडा अटोमोबाइल व्यवसायी संघका सचिव तथा नारायणी अटो मोटर्सका सञ्चालक अनुपकुमार बरालले केही दिनयता सवारीसाधनबारे बुभ्mन आउनेको संख्या सामान्य देखिन थाले पनि बजार चलायमान हुन नसकेको बताए । ‘केही दिनयता सामान्य बुझ्न आउनेको संख्या देखिन थालेको छ,’ उनले भने, ‘माग घटेको छ ।’ बन्दाबन्दी खुलेपछि अघिल्लो वर्ष साउनयता बढ्दै गएको सवारीसाधनको माग गतवर्ष माघमा उच्च रह्यो । भारतमा सवारीसाधनको उत्पादन नै कम हुँदा आयात गर्न कठिन भएकाले व्यवसायीहरूले मागअनुसार सवारीको आयात गर्न सकेनन् । त्यसैले गतवर्ष माघदेखि गत वैशाखको निषेधाज्ञा हुनुअघिसम्म व्यवसायीहरूले सवारीको अग्रिम बुकिङ थालेका थिए । तर, यसपालि निषेधाज्ञा खुकुलो हुँदै गए पनि सवारीसाधनको माग भने बढेको छैन । कोभिड–१९ को संक्रमण देखिनुपूर्वका वर्षमा असारदेखि असोजसम्मको समय अटोमोबाइल क्षेत्र चम्किने समय थियो । हरेक वर्ष दशैंको मुखमा नाडाले गर्ने अटो शोका कारण फागुनपछि नै नयाँ भेरियन्टका सवारी नेपाल भित्रिने क्रम बढ्ने गरेकोमा विगत डेढ वर्षयता अटोमोबाइल व्यवसायमा आकर्षण नदेखिएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलासबाबु गेलालले बताए । अघिल्लो वर्ष जत्तिको समेत बजार चलायमान हुन नसकेको उनको भनाइ छ । कम मूल्यका सवारीबारे सामान्य बुझ्न आउनेहरू भने देखिन थालेको जानकारी उनले दिए । दुईपांग्रे सवारीसाधनको माग अघिल्लो वर्ष दोब्बरले बढेको थियो । यस वर्ष भने दुईपांग्रे सवारीको माग पनि नरहेको हिरो मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता जनरल माकेर्टिङका सञ्चालक अभिक ज्योतिले बताए । ‘निषेधाज्ञा हुनुअघि वैशाखमा अन्य समयको भन्दा पनि धेरै माग थियो,’ उनले भने, ‘भर्खरै बजार खुकुलो भएकाले अहिले नै राम्रो/नराम्रो भन्न त सकिँदैन तर माग छैन ।’ नाडा अटो शो नहुने अटोमोबाइलको कुम्भमेला मानिने नाडा अटो शो यस वर्ष पनि नहुने भएको छ । कोरोनाको संक्रमण नघटेको र सरकारले पर्याप्त खोपको व्यवस्था पनि गर्न नसकेकाले अटो शो नहुने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘संक्रमण घटेको छैन, तेस्रो लहर आउने चेतावनी पनि विज्ञले दिइरहेका छन्,’ उनले भने, ‘ग्राहक तथा व्यवसायीको स्वास्थ्य सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर अटो शो नगर्ने तयारी गरेका छौं ।’ सबैले खोप पाएर अवस्था सामान्य भएपछि दशैं÷तिहारपछि अटो शोबारे छलफल गर्ने उनले बताए । अहिलेको पदाधिकारीको कार्यकाल सकिएकाले भदौमा अधिवेशन गर्ने तयारी नाडाले गरेको छ । यस विषयमा नाडाका पदाधिकारीबीच छलफल भएकोमा केही दिनमा यसबारे निर्णय गर्ने अध्यक्ष दुलालले बताए । ‘केही दिनमा अधिवेशन तथा चुनावको निर्णयबारे आधिकारिक निर्णय गछौं,’ उनले भने ।