पहिले जितेको ठाउँ लिने भन्ने छ,म गोरखा २ बाटै लड्छु: भट्टराई
गृहजिल्लामा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘यस अघिको निर्वाचनमा जसले जहाँ जितेको हो त्यहाँ लिने भन्ने आन्तरिक सहमती छ, त्यो अनुसार म स्वतः गोरखा २ बाट चुनाव लड्छु।’ त्यसको अन्तिम टुङ्गो भने गठबन्धनले लगाउने उनले बताए।...
काठमाडौं,फागुन २७ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले २०८४ मा हुने चुनावमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाटै लड्ने भएका छन् । गोरखा २ का मतदाताहरूसँग वृहत् छलफल गरेपछि आएको सुझावलाई ग्रहण गर्दै भट्टराईले गोरखा–२ बाटै चुनाव लड्ने तयारी थालेको नेसपाका केन्द्रीय सदस्य तथा भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका […]
६ मंसिर, गोरखा । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाएका छन् । ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाएका छन् । प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ […]
५ मंसिर, गोरखा । गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् । सोमबार साँझसम्म सार्वजनिक मत परिणाम अनुसार उनले ५१६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा एमालेका अब्दुस मियाले ६६ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम […]
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।अध्यक्ष दाहालले आईतवार गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका हुन् । मनोनयन दर्तापछि बोल्दै उनले गोरखाबाट निर्वाचन लड्न पाउँदा गर्व लागेको बताए । अध्यक्ष दाहालले परिचित ठाउँ र परिचित जनताको बीचमा आउँदा खुशी लागेको […]
गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उम्मेदवारी दिएका छन्। दाहालका विरुद्ध गोरखा–२ मा अरु चारजनाको पनि उम्मेदवारी परेको छ। दाहालको उम्मेदवारीमा बाबुराम भट्टराई प्रस्तावक र नारायणकाजी श्रेष्ठ समर्थक छन्।...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ बाट मनोनयन दर्ता गराएका छन्।
आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेर निर्वाचन...
नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी स्रोतका अनुसार चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । प्रचण्डकी छोरी तथा भरतपुर महानगरकी मेयर रेनु दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, 'दुखद: