भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरूलाई अगाडि बढाउन कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिएकी छन् । नयाँ बानेश्वर स्थित सहकारी विभागको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रभावकारी ढंगले काम गर्न पनि निर्देशन दिइन् । उनले भनिन्, “सहकारीहरूले सिद्धान्त, मुल्य र मान्यताअनुसार काम नगरेको र सदस्यहरु मारमा परेको गुनासो बढ्दै