नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी निर्वाचनमा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले ५० लाख लोकप्रिय मत ल्याउने दाबी गरेका छन् ।
उनले जनतामा जाने कुरा प्रधामनन्त्रीय प्रद्धतिको अविशिष्ट अधिकार भएको दाबी गरे ।
दाङमा नेकपाले आयोजना गरेको सभालाई सोमवार सम्बोधन गर्दै पोखरेलले पार्टी भित्रकै एउटा समूहले सहयोग नगरेपछि जनतामा जानुको विकल्प नभएको बताए ।
‘जसको अनुहार देखाएर चुनाव जित्यो पछि उसैलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपछि प्रतिनिधि...