आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख संख्याको हाराहारीमा जनशक्ति परिचालन हुने भएका छन् ।
निर्वाचन आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका स्वीकृत गरेसँगै २ लाख जनशक्ति परिचालन गरिने आयोगले अनुमान गरेको छ ।
निर्वाचन आयोगका प्रशासन प्रमुख समेत रहेका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चैत्र १३ गते कूल मतदाताको संख्या यकिन भएपछि ठ्याक्कै कति जनशक्ति लाग्ने कुराको टुंगो लाग्ने बताउँछन् । तैपनि २३ हजार ५०० मतदान केन्द्र कायम हुन सक्ने अनुमानको आधारमा २ लाख जतिको हाराहारीमा जनशक्ति परिचालन...