सभामुख अग्निप्रसाद सापकोटाले आज ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् ।सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पति भएर सङ्घीय संसद्को दुवै सदनबाट विभिन्न मितिमा पारित उक्त विधेयक प्रमाणित गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।