चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सभा पुस २१ गते बस्दै, बुक क्लोज भने पुस १२ मा

काठमाडौं। चन्द्रागिरी हिल्स लिमिटेडले साधारण सभा डाकेको छ। कम्पनीले पुस २१ गतेका दिन सभा डाकेको हो।  सभाले सामान्य प्रस्ताव

सम्बन्धित सामग्री

चन्द्रागिरी हिल्सको साधारण सभा पुस २६ मा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २६ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय थानकोट परिसरमा उक्त दिन दिउँसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संचालक समितिको सदस्यहरूको बैठक भत्ता परिमार्जन गर्नेसम्बन्धी प्रस्ताव पनि सभाका लागि तय भएको छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले साधारण सभामा भाग लिन सक्नेछन् ।

चन्द्रागिरी हिल्सले पुस २९ गते बोलायो साधारण सभा

काठमाडौं, ७ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा चन्द्रागिरी हिल्सको कार्यालय, थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजे बोलाएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत बाह्रौँ वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७÷०७८ को वासलात,नाफा नोक्सान हिसाव र नगद प्रवाह […]

चन्द्रागिरी हिल्सको १२औं वार्षिक साधारण सभा पुस २९ गते हुँदै

पुस ७, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा चन्द्रागिरी हिल्सको कार्यालय थानकोट टप स्टेशन परिसरमा दिनको ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, सभाले यस कम्पनीको प्रबन्धपत्रको दफा ४(१)मा कम्पनीको उद्देश्यमा थप गरी संशोधन गर्ने र उक्त संशोधनमा नियमक निकायबाट सुझाव पा निर्देशन भएमा सो बमोजिम आवश्यक संशोधन वा परिमार्जनका लागि सञ्चालक समितिलाई अख्यितयारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि पुस ९ गते शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने कम्पनीले जानकारी गराएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।