पुस ७, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा चन्द्रागिरी हिल्सको कार्यालय थानकोट टप स्टेशन परिसरमा दिनको ११ बजे शुरु हुने जानकारी गराएको छ ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी, सभाले यस कम्पनीको प्रबन्धपत्रको दफा ४(१)मा कम्पनीको उद्देश्यमा थप गरी संशोधन गर्ने र उक्त संशोधनमा नियमक निकायबाट सुझाव पा निर्देशन भएमा सो बमोजिम आवश्यक संशोधन वा परिमार्जनका लागि सञ्चालक समितिलाई अख्यितयारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि पुस ९ गते शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने कम्पनीले जानकारी गराएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।