काठमाडौं । विद्युत् प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलरबराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता नेपालमा कार्यान्वयनको विषय पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै संसद्बाट पारित गराउने विषयमा सहमति जुट्न सकेको छैन । सम्झौताअनुसार अघिल्लो वर्ष १३ असोज (३० सेप्टेम्बर) सम्ममा एमसिसी संसद्बाट अनुमोदन हुनुपर्ने …