काठमाडौं : भारतीय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन्। उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ। प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ। प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ।उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया अस्पतालमा लगिएको छ। चिकित्सकका अनुसार प्रत्यूषाले मृत्युअघि कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनी लामो समयदेखि डिप्रेसनसँग जुधिरहेकी थिइन्।प्रहरीलाई यो घटनाको जानकारी प्रत्यूषाका