प्रदेश १ नामकरणको प्रक्रिया सुरु, कांग्रेस समर्थक नबसी 'कोशी' नाममा समर्थन जनाउँदै

विराटनगर- प्रदेश १ को नाम 'कोशी' राख्न सहमत भएको नेपाली कांग्रेस उक्त प्रस्तावको समर्थकबाट भने हटेको छ । समर्थकबाट हटे पनि प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो । कांग्रेससंगकै छलफलबाट नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले प्रदेश १ को नाम कोशी राख्ने सहमतिसहित नामकरणसम्बन्धी प्रस्ताव अघि बढाउने...

सम्बन्धित सामग्री

प्रदेश १ : सभामुखमा बाबुराम गौतम निर्वाचित भएको घोषणा

विराटनगर : प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गामैत निर्वाचित भएको घोषणा भएको छ।आज बिहीबार  प्रदेशसभा बैठकले गौतमलाई प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।प्रदेश १ को पहिलो कार्यकालमा एमाले

प्रदेश १ मा सभामुखको निर्वाचन आज

विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ ।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

प्रदेश १ : मुख्यमन्त्रीमा एमालेका कार्कीलाई माओवादीले समर्थन गर्ने

विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्र संसदीय दलले  निर्णय गरेको छ।आज आइतबार बसेको दलको बैठकले  यस्तो निर्णय गरेको माओवादी केन्द्र प्रदेश कमिटीका सचिव एवम् प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए। 'मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई समर्थन निर्णय गरेका छौँ।' उनले भने, 'साझेदारीबारे छलफल र निर्णयको जिम्मा दलको नेतालाई दिने निर्णय भएको छ।'एमाले संसदीय दलका नेता कार्कीले आजै प्रदेश प्रमुखसमक्ष मुख्‍यमन्त्रीका लागि

प्रदेश १ मा एक सिट पाएको जसपासँग सत्ताको साँचो

आम निर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक भएसँगै अब दलहरू सरकार गठनका लागि समीकरणको जोडघटाउमा जुट्न थालेका छन् ।सात वटा प्रदेशमध्ये प्रदेश १ मा रोचक समीकरण बनेको छ । प्रदेश १ को प्रदेशसभामा जम्मा एक सिट जितेको जसपा नेपालले जुन पक्षलाई समर्थन गर्दछ, उसैले सरकार गठन गर्न सक्ने अवस्था देखिएको छ ।९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनमध्ये कसैले पनि जसपा नेपालको समर्थन बिना बहुमत हासिल गर्ने अवस्था देखिएको छैन । प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको सम

प्रदेश–१ सरकार अल्पमतमा

विराटनगर-माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश–१ को सरकार अल्पमतमा परेको छ ।प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार नेकपा एकीकृत समाजवादीकी सांसद सावित्रा रेग्मीले प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै नेकपा […]

प्रदेश १ सरकारलाई दिएको समर्थन एकीकृत समाजवादीद्वारा फिर्ता

मोरङ : प्रदेश १ को सरकारलाई दिएको समर्थन नेकपा (एकीकृत समाजवादी)ले फिर्ता लिएको छ। प्रदेशसभा सचिवालयमा नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको पत्र सोमबार दर्ता गराएको हो।पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गरिन्। दर्ता नम्बर १४७ को पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन सोमबारदेखि फिर्ता गरेको उल्लेख गरिएको छ।उक्त अवसरमा प्रदेशसभा सदस्य रेग्मीले वर्तमान सरकार अल्पमतमा रहेकाले एकीकृत

प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले फिर्ता लियो समर्थन

नेकपा (एकीकृत समाजवादी)ले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ।...

प्रदेश १ को सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले बजेट अधिवेशनको अघिल्लो दिन प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा दिएका हुन् ।गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधवकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । सर्वोच्च अदालतले नेकपाको एकत

जोगियो प्रदेश १ सरकार, अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता (पत्रसहित)

नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश १ सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएको छ। माधव नेपाल झलनाथ खनाल समूहका भीमप्रसाद आचार्यसहितका १६ सांसदले अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयलाई जानकारी दिएका छन् । उनीहरुले यससम्बन्धी जानकारी मंगलबार सचिवालयलाई दिएका हुन् । यससँगै शेरधन राई नेतृत्वको प्रदेश १ सरकार ढल्नबाट रोकिने निश्चित भएको छ ।

प्रदेश १ कांग्रेस केन्द्रीय नेताहरुले भने : शेरधनलाई समर्थन नगरौं

७ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेश १ का बहुसंख्यक केन्द्रीय नेताहरुले मुख्यमन्त्री शेरधन राईलाई समर्थन गर्न नहुने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै केपी शर्मा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव राखेको छ । तर दुबैसँग प्रदेशसभाको बहुमत छैन । कांग्रेसले जसलाई समर्थन गर्‍यो, उसको बहुमत पुग्ने […]