लुम्बिनी प्रदेशको सञ्चार विधेयक सरकारले विवादकै बीच ‘जबर्जस्ती’ अघि बढाउने प्रक्रिया थालेको छ । सरोकारवाला संघसंस्थासँग छलफल गरेर अघि बढाउने सहमतिपछि यसअघि पेस भएको विधेयक रोकिएको थियो । तर बिहीबारको प्रदेशसभा बैठकको कार्यसूचीमा राखेर विधेयक ‘जस्ताको तस्तै’ पारित गर्ने गरी अघि बढाउन खोजिएको छ ।