काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १३ हजार रुपैयाँ तोकिएको थियो ।
सुनसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो प्रतितोला १ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ४६० रुपैयाँमा किनबेच भइरहेको छ । सुनचाँदीको मूल्य घटेसँगै ग्राहकले राहत पाएका छन् ।
अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घट्दो क्रममा छ । पछिल्लो दुई दिनयताको तथ्यांक हेर्दा न्युयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा सुनको भाउ घट्दो क्रममा देखिन्छ । गत सोमबार प्रतिऔंस १९६४.०७ डलरमा बन्द भएको कारोबार मंगलबार प्रतिऔंस १९५२.१६ डलरमा बन्द भएको थियो । बुधवार (आज) सुन अघिल्लो दिनभन्दा मुनिमै सुनको कारोबार भइरहेको छ । दिउँसो ३ बजे सुनको भाउ प्रतिऔंस १९४०.५२ डलर छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ १३१.९२ रुपैयाँ छ । हिजो डलरको भाउ १३१.९० रुपैयाँ तोकिएको थियो ।
काठमाडौं । नेपाली बजारमा शुक्रवार सुन (Gold) को मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १० हजार २०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी (Silver)को मूल्य स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:११ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार डलर (dollar) पुगेको छ । अघिल्लो कारोबार दिन (बिहीवार) स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार ४ डलरमा बन्द भएको थियो ।
त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । आज १ अमेरिकी डलर (Dollar)को विक्री दर १३१ रुपैयाँ ७४ पैसा कायम भएको छ । अघिल्लो दिन १ अमेरिकी डलर १३१ रूपैयाँ ८७ पैसामा कारोबार भएको थियो ।
काठमाडौं । बुधवार (आज) सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ तोकिएको छ । गत मंगलवार सुन १ लाख ९ हजार ८०० रुपैयाँमा खरीदविक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११ः३४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९३९ दशमलव ९४ डलर पुगेको छ । अघिल्लो दिन बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९४२ दशमलव ९२ डलर पुगेको थियो ।
त्यसैगरी आज डलरको मूल्य पनि बढेको छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ५६ पैसा कायम भएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ५२ पैसा थियो ।
काठमाडौं । पछिल्लो एक सातायता सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलवारयता सुनको भाउ ओरालो लागेको हो । उक्त दिन तोलामा २०० रुपैयाँ घटेर १ लाख ३ हजार पुगेको सुनको भाउ आज (सोमवार) १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । अर्थात् मंगलवारयता सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटिसकेको छ ।
आज भने सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको छ । गत आइतवार सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १ हजार २५५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान १२:१० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८०९ दशमलव ७९ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८११ दशमलव १० डलरमा बन्द भएको थियो ।
त्यसैगरी आज डलरको मूल्य स्थिर छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन पनि १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ७१ पैसा थियो ।