दुई दशकअघि ‘अमेरिकी साम्राज्यवाद’ विरुद्धको नारा उराल्दै नेकपा माओवादीले सशस्त्र हिंसाको सुरुआत गरेका गाउँहरू अहिले संगठित मानव तस्करको जालोमा परेका छन्। यसलाई रोक्न न राजनीतिक चासो देखिन्छ न त कानून नै पर्याप्त छ। पुथा उत्तरगंगा गाउँपालिका–१० का वडाध्यक्ष भरत बुढालाई उनकै गाउँ तकका थुप्रै युवा ‘तल्लोबाटो’ हुँदै अमेरिका पुगेको र केही बाटोमै रहेको थाहा भए …