काठमाण्डौ – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट बढाएर स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोगले आज शुक्रवार काठमाण्डौमा आयोजना गरेको ‘नेपालको स्वास्थ्य क्षेत्र : वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले आउँदो आर्थिक वर्षको बजेट बढाएर स्वास्थ्य सेवाको गुणस्तर तथा सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने बताउनुभयो । उहाँले संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य...