लमजुङ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लमजुङको घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ । लमजुङ क्वहोलासोंथर गाउँपालिका ३ मा रहेको घलेगाउँलाई उहाँले आज शुक्रवार एक कार्यक्रमकाबीच सुखी गाउँ घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले घलेगाउँलाई कहिल्यै नबिर्सिनले बताउनुभयो । ‘जिन्दगीमा पहिलो चोटि घलेगाउँ आउने मौका मिल्यो । घलेगाउँवासीको मिठो माया, सत्कार र आत्मीयता पाएँ । खुसी लाग्यो । लमजुङको घलेगाउँलाई कैल्यै बिर्सन्नँ, भुल्दिनँ,’ उहाँले भन्नुभयो ।घलेगा...