करातेमा आयुषले जिते लगातार २ दिनमा २ स्वर्ण

काठमाडौं । कराँते खेलाडी आयुष अधिकारीले लगातार दुई दिनमा दुईवटा स्वर्ण जित्दै उदयमान खेलाडीको उपाधि हात पारेका छन् । भृकुटी डोजोमा कराँते प्रशिक्षण लिंदै आएका अधिकारीले यही वैशाख २२ र २३ मा सम्पन्न दुई प्रतियोगितामा लगातार स्वर्ण जितेका हुन् । २२ गते भएको प्रथम मेयर कप उमा खुला कराते प्रतियोगिता र २३ गते भएको टोखा […]

सम्बन्धित सामग्री

लोपेजले जिते ओलम्पिकमा लगातार पाँचौँ स्वर्ण

क्युबाली कुस्तीबाज मिजेन लोपेजले मंगलबार पेरिस ओलम्पिकमा ऐतिहासिक सफलता चुमेका हुन् । उनी ओलम्पिक इतिहासमै पहिलो पटक लगातार पाँच संस्करणको एउटै स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन् ।

जसले राष्ट्रिय खेलकुदमा लगातार पाँच स्वर्ण जिते

आइटिएफ तेक्वान्दोका लीलाधर बस्नेतका लागि नवौँ राष्ट्रिय खेलकुद पनि सुखद् रह्यो । विभागीय टिम नेपाल आर्मीका लागि खेलेका उनले दुई स्वर्ण पदक जिते । यहाँ भएको प्रतियोगितामा ६५–७० किलो तौल समूहको एकल स्पाइरिङ र टिम स्पाइरिङबाट बस्नेतले स्वर्ण हात पारेका हुन् । विसं २०६४ देखि खेल जीवन सुरु गरेका बस्नेतले विसं २०७३ मा भएको सातौँ …

गण्डकीका अमृतले स्क्वासमा जिते लगातार तेस्रोपटक स्वर्ण

काठमाडौं । गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वासको पुरुष व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेका छन् । सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा सम्पन्न फाइनलमा अमृतले वाग्मतीका अह्रान्त सिन्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।  अमृतले स्वासमा लगातार तेस्रोपटक स्वर्ण पदक जितेका हुन् । अमृतले सातौँ...

टोकियो ओलम्पिकः विश्व कीर्तिमानधारी किपचोगेले जिते म्याराथनमा स्वर्ण

एजेन्सी। म्याराथनमा विश्व कीर्तिमानधारी केन्याका इलिउड किपचोगेले ओलम्पिकमा लगातार दोस्रो पटक स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी २ घण्टा ०८.३८ मिनेटमा पार गरे। किपचोगेको नाममा २ घण्टा ०१.३९ मिनेटको विश्व कीर्तिमान छ। नेदरल्यान्डका नागेई अबडीले २ घण्टा ०९.५८ मिनेटमा दुरी पार गर्दै रजत पदक जिते। बेल्जियमका बाशिर अबडीले २ घण्टा १०.०० मिनेटमा दुरी पार गर्दै काश्य पदक जिते।

केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनमा लगातार दोस्रो स्वर्ण

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष तर्फको म्याराथनमा केन्याका एलियुड किपचोगेले स्वर्ण पदक जितेका छन्। उनले लगातार दोस्रोपटक ओलम्पिक म्याराथनमा स्वर्णपदक जितेका हुन्। उनले दुई घण्टा ८ मिनेट ३८ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन्। किपचोगेले सन् २०१६ को रियो म्याराथनमा पनि स्वर्ण पदक जितेका थिए। यस्तै उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा […]

टोकियो ओलम्पिकः ब्याडमिन्टनमा डेनमार्कका एक्सेलसनले जिते स्वर्ण

एजेन्सी। डेनमार्कका भिक्टोर एक्सेलसनले ब्याडमिन्टन पुरुष एकलमा स्वर्ण पदक जितेका छन्। रियो ओलम्पिकमा कास्य पदक जितेका एक्सेलसनले चीनका चेन लङलाई २१–१५, २१–१२ को सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन्। चेन रियो ओलम्पिकको स्वर्ण पदक विजेता हुन्। उनी लगातार दोस्रो स्वर्ण पदक जित्नबाट चुके। यसअघि चीनका लिन डनले बेइजिङ र लन्डन ओलम्पिकमा स्वर्ण पदक जितेका थिए।

टोकियो ओलम्पिकः चीनका माले जिते टेबल टेनिस पुरुष एकलको स्वर्ण

एजेन्सी। चीनका मा लोङले टेबल टेनिसको पुरुष एकलमा आफ्नै देशका फान झाङदोङलाई ११–४, १०–१२, ११–८, ११–९, ३–११, ११–७ को सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन्। माले रियो ओलम्पिकमा पनि स्वर्ण पदक जितेका थिए। यससँगै चीनले लगातार चार ओलम्पिकमा टेबल टेनिस पुरुष एकलको स्वर्ण जित्न सफल भयो। जर्मनीका दिमित्रिज ओभचारोभले कास्य पदक जिते।