भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाउने निर्णय गरिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार एआईजी सहकुलबहादुर थापा शनिबार लुम्बिनी पुगेका छन् ।मन्त्रालयको निर्णय अनुसार एआईजी थापालाई भारतीय प्रधानमन्त्रीको सुरक्षाका लुम्बिनीमा पठाइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘एआईजी सहकुल सा’प लुम्बिनी जानुभएको छ ।’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा लुम्बिनी आउँदै छन्