काठमाडौँ- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट ‘अपरेशन फ्लाइट’ हुने भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रेवतका अनुसार पर्यटनमन्त्री प्रेम आलेसहित करिब २६० जना यात्रु बोकेर वाइडबडी जहाज बिहीबार अपरान्ह ३ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट भैरहवा विमानस्थल उड्ने छ । उक्त विमान ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ । विमानस्थल […]