विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ । नेपालको धार्मिक, सांस्कृतिक र परम्परागत क्षेत्र पनि सम्भावित सङ्क्रमणको मारमा परिरहेको छ । नयाँ वर्षको आगमनसँगै आठरात नौदिनसम्म भक्तपुरमा भव्यरुपमा मनाइने नेपालको एक ठूलो जात्रा बिस्केट जात्रा पनि कोरोना भाइरसकै कारण रोकिन पुगेको छ । यो जात्रा इतिहासमै पहिलो पटक रोकिएको इतिहास र संस्कृतिका जानकारहरुको भनाइ छ ।