ग्रामीण पर्यटन उद्देश्यबाहिर ?

यो नभुलौँ कि पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्र हो । यो गतिशील र तीव्र रूपमा विकास भएको एक अत्यन्तै प्रतिस्पर्धी उद्योग हो । रोजगारीका अवसर वृद्धि, गरिबी निवारण, वैदेशिक मुद्रा आर्जन, राष्ट्रिय पहिचान र जनताको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न यस क्षेत्रको महत्त्वपूर्ण स्थान रहेको स्पष्टै छ […]

सम्बन्धित सामग्री

घरबासमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन

घरबास (होमस्टे) मार्फत ग्रामीण पर्यटन प्रवर्धनका लागि गण्डकी प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र, एक नमुना घरबास’ कार्यक्रम सञ्चालनमा ल्याएको छ।

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न ‘राइनो टु राप्ती राइड’

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा साइकल यात्रा गरिने भएको छ । विशेषगरी चितवनको ग्रामीण पर्यटन तथा पर्यापर्यटनको प्रवर्द्धनका लागि साइकल यात्रा गरिने भएको हो । भरतपुर महानगरपालिका– ६ स्थित बाटुली पोखरीबाट निकुञ्जको काख हुँदै जगतपुरसम्म ‘राइनो टु राप्ती राइड–२०८०’ गर्न लागिएको हो । दक्षिणकाली पर्यटन सहकारी संस्था र चितवन साइकल राइडर्सको संयुक्त आयोजनामा घटस्थापनाको अवसर पारेर आइतवार ३० किमी साइकल यात्रा हुने बताइएको छ । भरतपुर भ्रमण वर्ष आगमनको जानकारी दिन र विशेषगरी यस वर्ष ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न साइकल र्‍यालीको आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । जंगल सफारीसहितको साइकल र्‍यालीले यस क्षेत्रको जैविक विविधता, पर्यापर्यटनका साथै पर्यटन प्रवर्द्धन र वन्यजन्तुको संरक्षणमा समेत सचेतना अभिवृद्धि हुने उनको भनाइ छ । र्‍यालीमा संरक्षणकर्मी, अभियन्ता, पर्यटनकर्मी, साइकलप्रेमी, जनप्रतिनिधि गरी १५० जनाले साइकल यात्रा गर्ने बताइएको छ ।

ग्रामीण पर्यटन र सुन्तला खेतीको प्रवर्द्धनका लागि कलकत्ताको महोत्सव

हिमाली भेगको ग्रामीण पर्यटन र सुन्तला खेतीको प्रवर्द्धनका लागि भारतको कलकत्तामा भएको पाँचौँ हिमालयन सुन्तला महोत्सव अपेक्षाकृत रुपमा सफल भएको छ ।

विश्व पर्यटन दिवस-बुटवलमा आरती प्रज्वलन

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औँ विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो […]

विश्व पर्यटन दिवसको अवसरमा बुटवलमा आरती प्रज्वलन

लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो ।यसै अन्तरगत एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) लुम्बिनीको संयोजनमा सोमबार बेलुका आरती प्रज्वलन गरिएको हो । आरती प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका

लुम्बिनी प्रदेशमा विश्व पर्यटन दिवसको भव्य तयारी

-भुवन कार्कीलुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।  प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व हुने गरी विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरेर दिवस मनाउने तयारी थालिएको हो

घलेगाउँ व्यावसायिक ग्रामीण पर्यटन २२ वर्ष पूरा

दक्षिण एसियाकै नमूना लमजुङको पर्यटकीय घलेगाउँमा व्यावसायिक ग्रामीण पर्यटनको अवधारणा थाालिएको २२ वर्ष पूरा भएको छ । नेपालको उत्कृष्ट होमस्टे, दक्षिण एशियाकै नमुना गाउँको रुपमा ख्याती कमाएको घलेगाउँ २३ औं वर्षमा प्रवेश गरेको हो ।२०५६ सालमा घलेगाउँमा जिल्लामै पहिलो पटक ग्रामीण पर्यटनको अवधारण भित्रिएको हो । दक्षिण एशियाकै नमूना गाउँ, नेपालकै उत्कृष्ट होमस्टे जस्ता उपाधीहरुले […]

बजेट अभाव हुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती

पर्याप्त बजेट अभाव हुँदा सिमसारको दिगो उपयोग, यसको प्रयोजन र व्यवस्थापन चुनौती बन्दै गएको छ। बजेटकै कारण कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता र जनावर स्थानीय जनताका लागि आयआर्जनको माध्यम भए पनि यसको उचित व्यवस्थापन गर्न नसकिएको हो।

पर्वत र कास्कीमा सञ्चालित घरवासको प्रवद्र्धन

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशद्वारा आयोजित पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मङ्गलबार पर्वतको मोदी गाउँपालिका–१ का लप्सीबोट सामुदायिक घरवास र भुकदेउराली नमूना गाउँ सामुदायिक घरवास एवं कास्कीको धिताल ह्याङ्जाकोट सामुदायिक घरवासको प्रवद्र्धनात्मक भ्रमण गरिएको छ ।

ग्रामीण पर्यटन महोत्सव फागुन तेस्रो साता

१८ माघ, पोखरा । पोखरामा फागुनको तेस्रो साता ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म ग्रामीण पर्यटन …