कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरामा आज साेमवार बिहान भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले हरायो । पुलिसले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा १० ओभर २ बलमा पानी परेपछि खेल रोकिन पुग्यो । त्यसपछि बाँकी ओभरकाे खेल सम्भव नभएपछि डीएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।
खेल रोकिनुअघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दिक्षा पुरीले...