बैतडी : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश १ भिड्ने भएका छन्। दाङको लमही क्रिकेट मैदानमा उपाधि भिडन्त आइतबार बिहान साढे ११ बजेदेखि सुरु हुने छ।सेमीफाइनलमा रुबिना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै, अर्को सेमीफाइनलमा एपिएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो। यसअघि गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै स्तब्ध पार्दै एपिएफ च्याम्पिएन भएको थियो। दुबै टोली