सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको खुसियालीमा लड्डु खाएका प्रचण्ड र माधव नेपाललाई त्यो लड्डु निल्नु न ओकल्नु बनाउने गरी अर्को फैसला आयो। त्यसपछि राजनीति स्थिर भइरहेको छ। संसद पनि बसेको छ तर खास केही भएको छैन। न अविश्वासको प्रस्ताव आएको छ, न माओवादीले समर्थन फिर्ता लिएको छ, न अरु केही।