काठमाडौंको निकट अतितको राजनीति अब ५५ अर्ब रुपैयाँ अनुदानको अमेरिकी सम्झौता (एमसीसी)ले निर्देशित गर्ने संकेत देखिएको छ । सम्झौताको संसदीय अनुमोदनको प्रक्रिया अघि बढाउनेबारे समर्थन जुटाउन बिहीवार काठमाडौं ओर्लिएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारको आगमन र पूर्वसन्ध्यामा उनले दिएका सरकारी प्रश्नको जवाफले नेपाली राजनीति केही समय एमसीसी वरपर फन्को मार्ने सम्भावना देखिन्छ ।