निर्वाचित सरकारले निर्धारित कार्यकाल पूरा गर्न सकेन भने त्यसलाई नेतृत्वको असफलता मानिन्छ । बारम्बार सरकार परिवर्तन नेपालको लोकतन्त्रको विशेषता बनेको छ । शीर्ष नेताहरूले गठबन्धन सरकार बारम्बार बनाउन र भत्काउन पाउँदा गर्व महसुस गरेको देखिन्छ । लोकतन्त्रमा सरकारको निश्चित चार वा पाँच वर्षको सीमा सरकार प्रमुखको एकाधिकार सम्भावना रोक्नका लागि हो । नेपाली राजनीति आम मतदाताको स्वार्थको सट्टा शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थ भएको छ ।