‘विज्ञान प्रविधिमा लगानीको विस्तार : समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १० औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ । नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुस