समयमै पुल नबने पछि स्थानीयको दबाब

रौतहट । रौतहटको चन्द्रपुर–४ स्थित गैंडाटार चाँदी नदीमा निर्माणाधीन पुल अलपत्र परेपछि स्थानीयले निर्माण अगाडि बढाउन दबाब शुरू गरेका छन् । पप्पु–शिवशंकर जेभीले २ वर्षमा सम्पन्न गर्नेगरी २०७४ असार ३१ मा २५ करोड ३६ लाख २४ हजार रुपैयाँमा ठेक्का पारेको थियो । तर सम्झौताको  साढे ५ वर्ष बित्दा पनि पुल सम्पन्न भएको छैन । निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि आगामी असार मसान्तसम्म सक्नेगरी तेस्रोपटक म्याद थपिएको छ । पुल निर्माणको काम सुस्त भएपछि स्थानीयले विरोध गर्दै आएका छन् । पुल निर्माण नियमित नभए डिभिजन सडक कार्यालयका सबै सेवा बन्द गराउने र पूर्वपश्चिम राजमार्गमा अनसन बस्ने स्थानीयले चेतावनी दिएका छन् । डिभिजन सडक कार्यालय रौतहटका प्रमुख दरोगाप्रसाद साह र ठेकेदार दयाराम साहलाई निर्माणस्थलमै बोलाएर स्थानीयले  पुल निर्माणका लागि दबाब दिएका हुन् । दबाबपछि निर्माण कम्पनीले काम शुरू गरेको छ । काम शुरू भए पनि निरन्तरतामा शंका रहेकाले दबाब कायमै राख्ने चन्द्रपुर–३ का अध्यक्ष रवि देवकोटाले  बताए । पुल निर्माणमा कुनै बाधा नभए पनि निर्माण कम्पनीको लापरबाही र बेवास्ताले निर्माणमा ढिला भएको उनको भनाइ छ । डिभिजन सडक प्रमुख साहले पुलको काम ५ महीनादेखि बन्द रहेकाले समय लागेको भए पनि अब काम शुरू भएकाले दुई–तीन महीनामै सम्पन्न हुने बताए । अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको र थपिएको समयभित्र काम गर्न सडक कार्यालयले पनि निर्माण कम्पनीलाई दबाब दिइरहेको उनले बताए । पुल नहुँदा गैंडाटारका स्थानीयले बर्खाको समयमा जोखिमपूर्ण रूपमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

सम्बन्धित सामग्री

बाँझियो लिमीका स्थानीयको खेतीयोग्य जमिन

सिमकोट – उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनमध्ये दुई गाउँका स्थानीयको जग्गा बाँझिएको छ। लिमीका तीनमध्ये दुई तिल र जाङ गाउँका स्थानीयले गाउँ छाड्ने क्रम बढ्न थालेपछि खेतीपाती हुँदै आएको जग्गा बाँझिएको हो। लिमीको जाङ गाउँका स्थानीय कुन्जोक तामाङले स्थानीयको अधिकांश खेतीपाती गर्दै आएको जग्गा बाँझिएको बताए। विस्तारै सो गाउँका स्थानीय गाउँ छाडेर […]

स्थानीयको सक्रियतामा पक्की पुल निर्माण

गुल्मीमा स्थानीयको सक्रियतामा पक्की पुल निर्माण गरी आइतबार उद्घाटन गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका–५ आँपचौरका स्थानीयको पहलमा धार्मिक क्षेत्र कोटेश्वर मन्दिर र कोटेश्वर गुफा पुग्नका लागि घैंटेआँप कोटेश्वर पुलको निर्माण भएको हो । हाल रोजगारीको शिलशिलामा जापानमा रहेका आँपचौरका स्थानीय किरण खरेलले पुल निर्माणको अगुवाइ गरेका थिए । जसअन्तर्गत १३ मिटर लम्बाइ र २ […]

भोजपुर: स्थानीयको रोजाइमा आयुर्वेदिक उपचार

आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ। कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन्।

बञ्चरेडाँडाका स्थानीयको समस्या तत्काल समाधान गर्न सहमति

फोहोर व्यवस्थापनको चुनौती र बञ्चरेडाँडाका स्थानीयको समस्या समाधानका लागि बुधबार छलफल भएको थियो ।

बञ्चरेडाँडामा प्रहरीविरुद्ध स्थानीयको माइकिङ

३१ साउन, काठमाडौं । बञ्चरेडाँडामा आज विहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका हुन् । उनीहरुले महानगर स्थानीयको माग प्रति गैर-जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् । माइकिङबाट प्रहरीलाई स्थानीयले झुटो मुद्दा खारेज गर्न […]

स्थानीयको सक्रियतामा गोरखाकै जेठो त्रिभुवन पुस्तकालय भवन निर्माण

स्थानीयको सक्रियतामा गोरखाकै जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ को नयाँ भवन निर्माण भएको छ।

स्थानीयको अवरोधबीच बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

स्थानीयको अवरोधबीच बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको छ। प्रहरीको स्कर्टिङमा केमिकल छर्दै सो क्षेत्रमा फोहोर फाल्न थालिएको हो। प्रहरीसँगै काठमाडौं महानगरले केमिकल छर्ने गाडी पनि बञ्चरेडाँडामा पठाएको छ। सोमबार सहरी विकास...

बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । हिजो (बुधबार) मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको पनि महत्त्वपूर्ण भूमिका रहेको र उनीहरूका मागप्रति नजरअन्दाज पनि नगरिने बताइन् । मन्त्री झाँक्रीले भनिन्, ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम […]

बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ- शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको पनि महत्वपूर्ण भूमिका रहेको र उनीहरूका मागप्रति नजरअन्दाज पनि नगरिने बताइन् । मन्त्री झाँक्रीले भनिन्, “बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर […]